सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, चैत २० । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला ६ सयले घटेर एक लाख ८ हजार रुपैयाँ पुगेको छ । हिजो प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा बिक्री भएको थियो ।

त्यसैगरी, तेजावी सुनको भाउ आज प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ तोकिएको छ, जुन यसअघि हिजो १ लाख ८ हजार १ सय रुपैयाँमा बिक्री भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १ हजार ४१० रुपैयाँमा बिक्री भएको थियो।

Published Date: 03 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग