मौसमी रुघाखोकी लाग्दा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगरौँ: स्वास्थ्य मन्त्रालय

मौसमी रुघाखोकी लाग्दा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगरौँ: स्वास्थ्य मन्त्रालय : Icon Khabar

काठमाडौं, चैत २० । सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो।

मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरूलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ।

त्यस्तै, घरमा कसैलाई फ्लु लागे वा रुघाखोकी लागे सबैले मास्क लगाउन, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोपौँ, बेलाबेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन आग्रह छ।

त्यस्तै, तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाऔँ, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान मन्त्रालयको सुझाव छ। गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श र सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउन मन्त्रालयको सुझाव छ।

Published Date: 03 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग