दुवाथलन तर्फको उपाधी युएईका साउद अलजावी र भारतकी स्नेहललाई

दुवाथलन तर्फको उपाधी युएईका साउद अलजावी र भारतकी स्नेहललाई : Icon Khabar

पोखरा, चैत १९ । नेपाल ट्राइयाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलन तर्फको उपाधी युएईका साउद अलजावी र महिला तर्फको उपाधी भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् ।

२०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुरी ५९ मिनट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनट १९ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् ।

पुरुष तर्फ नेपालका हिमाल टमाटाले ५९ मिनट ४७ सेकेन्ड र बशन्त थारुले १ घन्टा २ मिनट ९ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे । महिला तर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १३ मिनट २५ सेकेन्ड समयका साथ दोश्रो र नेपालकी हुमी बुढा मगर १ घन्टा १४ मिनट ३० सेकेन्ड समयका साथ तेश्रो भए ।

बिजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्व गण्डकी प्रदेश साँसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख डि.बि. नेपाली, पत्रकार केशव पाठक लगायतले विजयी खेलाडीहरुलाई मेडल, पुष्प गुच्छा र प्रमाण पत्र वितरण गरेका थिए ।

Published Date: 02 April 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली