आइतबार नेप्से परिसूचकमा २० अंकको गिरावट

आइतबार नेप्से परिसूचकमा २० अंकको गिरावट : Icon Khabar

काठमाडौँ, चैत १९ । आइतबार नेप्से परिसूचक २० अंक घटेर १८८८.५५ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ।

नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ। गत बिहीबार करिब ९० करोडको शेयर कारोबार भएको बजारमा आइतबार २६० स्टकको ३२ हजार ४१४ पटकको कारोबारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन लघुवित्त, लगानी, जलविद्युत, वित्त, विकास बैंक र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 02 April 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा