आइतबार नेप्से परिसूचकमा २० अंकको गिरावट

आइतबार नेप्से परिसूचकमा २० अंकको गिरावट : Icon Khabar

काठमाडौँ, चैत १९ । आइतबार नेप्से परिसूचक २० अंक घटेर १८८८.५५ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ।

नेप्से परिसूचक घटेपनि आज कारोबार रकम भने बढेको छ। गत बिहीबार करिब ९० करोडको शेयर कारोबार भएको बजारमा आइतबार २६० स्टकको ३२ हजार ४१४ पटकको कारोबारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन लघुवित्त, लगानी, जलविद्युत, वित्त, विकास बैंक र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 02 April 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक