रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर : Icon Khabar

काठमाडौं, चैत १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानी दुरुपयोग गरेको अभियोगमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सिन्धुलीका युवराज पौडेलले लामिछानेलाई कारबाही गर्न सर्वोच्चलाई आग्रह गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रहरीले अनुसन्धानपछि लामिछानेलाई कारबाही नगरेको र सरकारी वकिलको कार्यालयले पनि राहदानी दुरुपयोगमा उपयुक्त कदम नचालेकाले लामिछानेविरुद्ध मुद्दा चलाउने निर्णय गरेको पौडेलले बताए ।

रिटमा महान्यायाधिवक्ताको कार्यालयलाई प्रतिवादी बनाइएको छ । रवि लामिछाने २०१४ फेब्रुअरी २१ मा अमेरिकी नागरिक बनेका थिए। अमेरिकी राहदानी र अमेरिकी नागरिक भएर पनि उनले २०१५ मे २७ मा नेपाली राहदानी लिएका थिए।

पौडेलले आफ्नो रिटमा नेपालमा दोहोरो नागरिकताको व्यवस्था नभएको र विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज हुने तर्क गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयले २०२३ चैत २० गते लामिछानेविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेपछि निवेदकले मुद्दा सर्वोच्च अदालतमा लगेका थिए ।

Published Date: 02 April 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर