रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै सर्वोच्चमा रिट दायर : Icon Khabar

काठमाडौं, चैत १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई राहदानी दुरुपयोग गरेको अभियोगमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सिन्धुलीका युवराज पौडेलले लामिछानेलाई कारबाही गर्न सर्वोच्चलाई आग्रह गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रहरीले अनुसन्धानपछि लामिछानेलाई कारबाही नगरेको र सरकारी वकिलको कार्यालयले पनि राहदानी दुरुपयोगमा उपयुक्त कदम नचालेकाले लामिछानेविरुद्ध मुद्दा चलाउने निर्णय गरेको पौडेलले बताए ।

रिटमा महान्यायाधिवक्ताको कार्यालयलाई प्रतिवादी बनाइएको छ । रवि लामिछाने २०१४ फेब्रुअरी २१ मा अमेरिकी नागरिक बनेका थिए। अमेरिकी राहदानी र अमेरिकी नागरिक भएर पनि उनले २०१५ मे २७ मा नेपाली राहदानी लिएका थिए।

पौडेलले आफ्नो रिटमा नेपालमा दोहोरो नागरिकताको व्यवस्था नभएको र विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज हुने तर्क गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयले २०२३ चैत २० गते लामिछानेविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेपछि निवेदकले मुद्दा सर्वोच्च अदालतमा लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान








ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट