नेपाली बजारमा सामसङका ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए ५४ फाइबजी फोन सार्वजनिक

नेपाली बजारमा सामसङका ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए ५४ फाइबजी फोन सार्वजनिक : Icon Khabar

काठमाडौँ, चैत १६ । नेपाली बजारमा सामसङका ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए ५४ फाइबजी फोन सार्वजनिक भएकाे छ । लोकप्रिय ए –सिरिजका २ वटा नवीनतम फोनहरु अद्भूत क्यामराहरु र विशेषताहरुको लागि परिचित छन्,जसले प्रयोगकर्ताहरुलाई तिनको अद्भूत पर्फरमेन्स र उपयोगीताका साथ अचम्मित तुल्याउने गरी बनाइएको छ ।

उत्कृष्ट बनावट र अनुभूति एवं टिकाउपनाको लागि गरिएको डिजाइनका साथ ग्यालेक्सी ए ५४ ५ जि र ग्यालेक्सी ए ३४ ५ जिलाई धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरुले ग्राहकहरुका लागि पहिलो रोजाई बनाइदिएको छ ।

‘हामी नयाँ सामसङ्ग ग्यालेक्सी ए३४ र ए ५४ लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं, जसले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लीक डिजाइन र अत्याधुनिक प्रविधि दुवै पेश गरेको छ । यी उपकरणहरुमा हाम्रो चिर परिचित ग्यालेक्सी डिजाइन र नाइटोग्राफी जस्तो प्रमुख विशेषताहरु रहेका छन्’ सामसङ्ग नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको निर्माण लामो समय सम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरु ३० मिनेटसम्म एक मीटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन्, जसको लागि यसले आइपि ६७ रेटिङ्ग पाएको छ ।

ग्यालेक्सी ए ५४ ५ जि ५० एमपि ओआइएस प्राइमरी लेन्ससहित १२ एमपिको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भने ए ३४ मा ४८ एमपि ओआइएस प्राइमरी लेन्स र ८ एमपिको अल्ट्रा वाइड लेन्स रहेको छ ।

ब्लर–लेस नाइट फोटो/भिडियोले पहिलेका फोनहरुको दाँजोमा १.६ गुना व्यापक ओआइएससंग फोटोको स्थिरतालाई बढाइदिन्छ र भिडियोको स्थिरता पनि ४ गुणा सम्म बढाइदिन्छ, यसैले प्रयोगकर्ताहरुले अन्धकारमा पनि स्पष्ट रुपमा फोटो÷भिडियो खिच्न सक्नेछन् ।

५००० एमएएच ब्याट्री जडित ग्यालेक्सी ए ५४ ५ जि र ग्यालेकसी ए ३४ ५ जि २ दिनभन्दा बढीसम्म एक पटककै चार्जबाट चलायमान हुन सक्छ । ग्यालेक्सी ए ५४ ५जि र ग्यालेकसी ए ३४ ५ जिमा ह्याप्टिक प्रतिक्रिया तथा विस्तारयोग्य भर्चुअल मेमोरीद्वारा अझ सुधार गरिएको हुँदा यसको पर्फरमेन्स क्षमता झनै बढेको छ ।

दुवै डिभाइसहरुमा एउटा अतिरिक्त माइक्रो एस डि कार्डसहित १ टिबीसम्म क्षमता विस्तार गर्न मिल्ने स्टोरेज क्षमता रहेको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए५४ ५जिको ८ जिबि -याम र १२८ जिबि आन्तरिक स्टोरेज दिइएको छ । यो मोडललाई नेपाली बजारमा ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जिबि -याम र २५६ जिबि आन्तरिक स्टोरेज क्षमता भएकोको मुल्य रु ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै ए३४ ५जिको ८ जिबि -याम र १२८ जिबि आन्तरिक स्टोरेज भएकोको मोडलको भने ४५ हजार ९९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
ताजा
पेट्रोलियम पदार्थको अनावश्‍यक स्टोर नगर्न उपभोक्तालाई आग्रह
आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदै, निर्वाचन प्रचारप्रसार निषेध हुने
मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन हुन्छ: निर्वाचन आयोग
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो