नेपाली बजारमा सामसङका ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए ५४ फाइबजी फोन सार्वजनिक

नेपाली बजारमा सामसङका ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए ५४ फाइबजी फोन सार्वजनिक : Icon Khabar

काठमाडौँ, चैत १६ । नेपाली बजारमा सामसङका ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए ५४ फाइबजी फोन सार्वजनिक भएकाे छ । लोकप्रिय ए –सिरिजका २ वटा नवीनतम फोनहरु अद्भूत क्यामराहरु र विशेषताहरुको लागि परिचित छन्,जसले प्रयोगकर्ताहरुलाई तिनको अद्भूत पर्फरमेन्स र उपयोगीताका साथ अचम्मित तुल्याउने गरी बनाइएको छ ।

उत्कृष्ट बनावट र अनुभूति एवं टिकाउपनाको लागि गरिएको डिजाइनका साथ ग्यालेक्सी ए ५४ ५ जि र ग्यालेक्सी ए ३४ ५ जिलाई धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरुले ग्राहकहरुका लागि पहिलो रोजाई बनाइदिएको छ ।

‘हामी नयाँ सामसङ्ग ग्यालेक्सी ए३४ र ए ५४ लाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएका छौं, जसले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लीक डिजाइन र अत्याधुनिक प्रविधि दुवै पेश गरेको छ । यी उपकरणहरुमा हाम्रो चिर परिचित ग्यालेक्सी डिजाइन र नाइटोग्राफी जस्तो प्रमुख विशेषताहरु रहेका छन्’ सामसङ्ग नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको निर्माण लामो समय सम्म टिक्ने गरी गरिएको छ । यी मोबाइलहरु ३० मिनेटसम्म एक मीटर पानीमा डुब्दा पनि क्षति नहुने खालका छन्, जसको लागि यसले आइपि ६७ रेटिङ्ग पाएको छ ।

ग्यालेक्सी ए ५४ ५ जि ५० एमपि ओआइएस प्राइमरी लेन्ससहित १२ एमपिको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भने ए ३४ मा ४८ एमपि ओआइएस प्राइमरी लेन्स र ८ एमपिको अल्ट्रा वाइड लेन्स रहेको छ ।

ब्लर–लेस नाइट फोटो/भिडियोले पहिलेका फोनहरुको दाँजोमा १.६ गुना व्यापक ओआइएससंग फोटोको स्थिरतालाई बढाइदिन्छ र भिडियोको स्थिरता पनि ४ गुणा सम्म बढाइदिन्छ, यसैले प्रयोगकर्ताहरुले अन्धकारमा पनि स्पष्ट रुपमा फोटो÷भिडियो खिच्न सक्नेछन् ।

५००० एमएएच ब्याट्री जडित ग्यालेक्सी ए ५४ ५ जि र ग्यालेकसी ए ३४ ५ जि २ दिनभन्दा बढीसम्म एक पटककै चार्जबाट चलायमान हुन सक्छ । ग्यालेक्सी ए ५४ ५जि र ग्यालेकसी ए ३४ ५ जिमा ह्याप्टिक प्रतिक्रिया तथा विस्तारयोग्य भर्चुअल मेमोरीद्वारा अझ सुधार गरिएको हुँदा यसको पर्फरमेन्स क्षमता झनै बढेको छ ।

दुवै डिभाइसहरुमा एउटा अतिरिक्त माइक्रो एस डि कार्डसहित १ टिबीसम्म क्षमता विस्तार गर्न मिल्ने स्टोरेज क्षमता रहेको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी ए५४ ५जिको ८ जिबि -याम र १२८ जिबि आन्तरिक स्टोरेज दिइएको छ । यो मोडललाई नेपाली बजारमा ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जिबि -याम र २५६ जिबि आन्तरिक स्टोरेज क्षमता भएकोको मुल्य रु ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यस्तै ए३४ ५जिको ८ जिबि -याम र १२८ जिबि आन्तरिक स्टोरेज भएकोको मोडलको भने ४५ हजार ९९९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts




ताजा
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर
आज पनि सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित