बिहिबार सुनको भाउ घट्यो चाँदीको बढ्यो

बिहिबार सुनको भाउ घट्यो चाँदीको बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १६ । बिहीबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ७०० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको भाउमा वृद्धि भएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ८ हजार ५०० रुपैयाँ पुगेको थियो ।

बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन बढेको हो ।

अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले महंगिएर प्रतितोला एक हजार ३६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts




ताजा
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर
आज पनि सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित