बिहिबार सुनको भाउ घट्यो चाँदीको बढ्यो

बिहिबार सुनको भाउ घट्यो चाँदीको बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १६ । बिहीबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ७०० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको भाउमा वृद्धि भएको थियो । हिजो सुन तोलामा ५०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख ८ हजार ५०० रुपैयाँ पुगेको थियो ।

बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन बढेको हो ।

अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले महंगिएर प्रतितोला एक हजार ३६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Published Date: 30 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै