न्यायाधीश नियुक्तिमा ढिलाइका कारण न्याय प्रवाहमा अवरोध : सर्वोच्च अदालत

न्यायाधीश नियुक्तिमा ढिलाइका कारण न्याय प्रवाहमा अवरोध : सर्वोच्च अदालत : Icon Khabar

काठमाडौं, चैत १६ । सर्वोच्च अदालतले सर्वोच्च अदालतमा धेरै न्यायाधीशको पद रिक्त रहेकाले समयमै न्याय पाउन नसकिएको जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गरी सर्वोच्चले सर्वोच्चमा आवश्यक न्यायाधीशको दरबन्दी नहुँदा समयमै न्याय दिन कठिनाइ भइरहेको बताए ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले २१ न्यायाधीशको दरबन्दी रहे पनि ६ महिनादेखि १६ जना मात्रै कार्यरत रहेको बताए । यसले गर्दा समयमै सेवाग्राहीलाई न्याय दिन नसकेको उनको तर्क छ । पौडेलले सुनुवाइको व्यवस्थापन गर्दा २१ जना न्यायाधीशलाई लक्षित गरी समुह बनाए पनि न्यायाधीश संख्या पर्याप्त नभएकाले सेवाग्राहीलाई समस्या भएको बताए ।

प्रवक्ता पौडेलले प्रधानन्यायाधीश र न्यायाधीशको नियुक्तिमा भएको ढिलाइले समग्र मुद्दाको व्यवस्थापन र कार्यसम्पादनमा बाधा पुगेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

‘अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायधिशको दरबन्दी भर्नुपर्ने र नयाँ न्यायाधीश नियुक्तिको व्यवस्था पनि सरकारले गर्नुपर्छ’, प्रवक्ता पौडेलले भने ।

“हाम्रो संविधान र कानूनले भनेको छ कि यस विषयलाई सर्वोच्च अदालतमा कुनै पनि पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै यो विषय प्रारम्भ गरी सिफारिस गरिनुपर्छ र यसलाई सुनुवाइ प्रक्रियामा लैजानुपर्छ। अन्यथा, यसले समग्र मुद्दा व्यवस्थापनमा, समग्र अदालतको कार्यसम्पादनमा र जनताको सेवामा अवरोध खडा गर्छ। म सबै निकायहरूलाई यो कुरालाई ध्यानमा राख्न विनम्र अनुरोध गर्न चाहन्छु।”

प्रवक्ता पौडेलले सर्वोच्च अदालतमा ३६ हजार ५ सयभन्दा बढी मुद्दा विचाराधीन रहेको दाबी पनि गरे । उनले चालु आर्थिक वर्षमा ६ हजार ३ सयभन्दा बढी मुद्दा दर्ता भएकामध्ये सात हजार ७ सयभन्दा बढी मुद्दाको टुंगो लागेको र २८ हजार ८ सय ५२ मुद्दा टुंगो लाग्न बाँकी रहेको बताए ।

चालू आर्थिक वर्षमा मात्रै प्रति इजलास करिब ९ सय मुद्दाको टुङ्गो लागेको उनले बताए । उनले यो मुद्दाको सुनुवाइ सामान्यतया दुईजनाको संयुक्त इजलासले गर्ने बताए ।

उनले चालु आर्थिक वर्ष २०६३ र २०६४ मा दर्ता भएका दुई मुद्दा खारेज भएको बताए । हाल सर्वोच्च अदालतमा २०६५ सालमा दर्ता भएका दुईवटा मुद्दा सबैभन्दा पुराना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने