न्यायाधीश नियुक्तिमा ढिलाइका कारण न्याय प्रवाहमा अवरोध : सर्वोच्च अदालत

न्यायाधीश नियुक्तिमा ढिलाइका कारण न्याय प्रवाहमा अवरोध : सर्वोच्च अदालत : Icon Khabar

काठमाडौं, चैत १६ । सर्वोच्च अदालतले सर्वोच्च अदालतमा धेरै न्यायाधीशको पद रिक्त रहेकाले समयमै न्याय पाउन नसकिएको जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गरी सर्वोच्चले सर्वोच्चमा आवश्यक न्यायाधीशको दरबन्दी नहुँदा समयमै न्याय दिन कठिनाइ भइरहेको बताए ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले २१ न्यायाधीशको दरबन्दी रहे पनि ६ महिनादेखि १६ जना मात्रै कार्यरत रहेको बताए । यसले गर्दा समयमै सेवाग्राहीलाई न्याय दिन नसकेको उनको तर्क छ । पौडेलले सुनुवाइको व्यवस्थापन गर्दा २१ जना न्यायाधीशलाई लक्षित गरी समुह बनाए पनि न्यायाधीश संख्या पर्याप्त नभएकाले सेवाग्राहीलाई समस्या भएको बताए ।

प्रवक्ता पौडेलले प्रधानन्यायाधीश र न्यायाधीशको नियुक्तिमा भएको ढिलाइले समग्र मुद्दाको व्यवस्थापन र कार्यसम्पादनमा बाधा पुगेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

‘अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायधिशको दरबन्दी भर्नुपर्ने र नयाँ न्यायाधीश नियुक्तिको व्यवस्था पनि सरकारले गर्नुपर्छ’, प्रवक्ता पौडेलले भने ।

“हाम्रो संविधान र कानूनले भनेको छ कि यस विषयलाई सर्वोच्च अदालतमा कुनै पनि पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै यो विषय प्रारम्भ गरी सिफारिस गरिनुपर्छ र यसलाई सुनुवाइ प्रक्रियामा लैजानुपर्छ। अन्यथा, यसले समग्र मुद्दा व्यवस्थापनमा, समग्र अदालतको कार्यसम्पादनमा र जनताको सेवामा अवरोध खडा गर्छ। म सबै निकायहरूलाई यो कुरालाई ध्यानमा राख्न विनम्र अनुरोध गर्न चाहन्छु।”

प्रवक्ता पौडेलले सर्वोच्च अदालतमा ३६ हजार ५ सयभन्दा बढी मुद्दा विचाराधीन रहेको दाबी पनि गरे । उनले चालु आर्थिक वर्षमा ६ हजार ३ सयभन्दा बढी मुद्दा दर्ता भएकामध्ये सात हजार ७ सयभन्दा बढी मुद्दाको टुंगो लागेको र २८ हजार ८ सय ५२ मुद्दा टुंगो लाग्न बाँकी रहेको बताए ।

चालू आर्थिक वर्षमा मात्रै प्रति इजलास करिब ९ सय मुद्दाको टुङ्गो लागेको उनले बताए । उनले यो मुद्दाको सुनुवाइ सामान्यतया दुईजनाको संयुक्त इजलासले गर्ने बताए ।

उनले चालु आर्थिक वर्ष २०६३ र २०६४ मा दर्ता भएका दुई मुद्दा खारेज भएको बताए । हाल सर्वोच्च अदालतमा २०६५ सालमा दर्ता भएका दुईवटा मुद्दा सबैभन्दा पुराना छन् ।

Published Date: 30 March 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न