खेलकुद पूर्वाधार नीति संवाद शनिबार

खेलकुद पूर्वाधार नीति संवाद शनिबार : Icon Khabar

काठमाडौं, चैत १५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद पूर्वाधार नीति संवाद शनिबार हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले देशको भौगोलिक अवस्था अनुसार कस्तो पूर्वाधार निर्माण गर्न उपयुक्त हुनेलगायतका विषयमा सुझाव संकलन गर्न संवादले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

मापदण्डसहितका पूर्वाधार निर्माणको नीति निर्माण गराउने, खेल पूर्वाधारको स्तर निर्धारणको मापदण्ड तयार गर्ने, खेलकुद पूर्वाधारको वर्तमान अवस्था बारे जानकारी गराउन, पूर्वाधारका लागि लगानीको अवस्थाको विषयमा जानकारी दिने उद्देश्यले संवाद आयोजना गर्न लागिएको हो ।

संघ, प्रदेश र स्थानिय तहमा कस्ता पूर्वाधार हुनु पर्ने भन्ने विषयमा आवश्यक मापदण्ड बनाउने, संघ, प्रदेश र स्थानिय तहमा हुनु पर्ने पूर्वाधारको विषयमा जानकारी लिन, खेलकुद पूर्वाधारमा राज्यको अवधारणा र प्रतिबद्धताका लागि, पूर्वाधार निर्माणमा लगानी बृद्धि गराउन, नीजि क्षेत्रलाई पनि खेलकुद पूर्वाधारमा उत्प्रेरित गर्ने, भौगोलिक अवस्थितिका आधारमा पूर्वाधार निर्माणको नीति तयार गर्नेलगायतका विषयमा संवाद केन्द्रीत रहने छ । कार्यक्रमको राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2023
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने