गठबन्धनले यथाशीघ्र मन्त्रालयको टुंगो लगाउने : थापा

गठबन्धनले यथाशीघ्र मन्त्रालयको टुंगो लगाउने : थापा : Icon Khabar

भक्तपुर, चैत १५ । संघीय सांसद एवं नेपाली कांग्रेसका नेता दुर्लभ थापाले गठबन्धनले यथाशीघ्र मन्त्रालयको टुंगो लगाउने बताएका छन् ।
रफत सञ्चार क्लबमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सत्तागठबन्धन दलहरुमाझ गृह र अर्थ मन्त्रालयको यथाशीघ्र टुंगो लाग्ने र सरकारले पूर्णता पाउने बताएका हुन् ।

गठबन्धनको राजनीतिक समीकरणले पाँच वर्ष सरकार चलाउने सहमति विगतमा तय भएकाले राजनीतिक स्थिरता कायम हुने भन्दै थापाले भने, अब देश ओरालो लाग्ने नभई आर्थिक सामाजिक समृद्धिको दिशा निर्देश हुनेछ । उनले मूलुकको चौतर्फी विकासका लागि प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सरकारमा सामेल गर्नु पर्नेमा बिशेष जोड दिए ।

देशको ठूलो राजनीतिक दल कांग्रेस भएकाले सबै राजनीतिक दललाई मिलाएर लान सकस भएता पनि लामो राजनीतिक अनुभवका आधारमा कांग्रेसले राजनीतिक सहमतिलाई नचुकिकन इमान्दारपूर्वक लागू गर्ने थापाले बताए ।

संघीयताका विषयमा विभिन्न प्रश्नहरु उब्जिरहेका बेला संघीयताको व्यावहारिक कार्यान्वयनलाई पारदर्शीतवरले लागू गर्नेमा कांग्रेस अग्रसर हुनेको थापाले बताए ।

मिटरब्याजी समस्या संघीय सरकारको मात्र नभएर यसलाई प्रदेश र स्थानीय सरकारले समन्वय गरी समाधान गर्नुपर्ने बताउँदै यथाशीघ्र संघीय सरकारले यसको समाधानको उपाय निकाल्ने समेत थापाले बताए ।

आर्थिक क्षेत्रमा देखिएको मन्दीलाई दृष्टिगत गरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन कांग्रेस सचेत रहेको बताउँदै थापाले वर्तमान आर्थिक संकटलाई थप बढावा दिने काम राष्ट्र बैकको अर्थ नीतिले गरेको उनले आरोप लगाए ।

आर्थिक अवस्था सुधार गर्न व्यक्तिले थुपारेको धनलाई बैकिङ प्रणालीमार्फत विभिन्न उद्योग, व्यवसायमा लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2023
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने