गठबन्धनले यथाशीघ्र मन्त्रालयको टुंगो लगाउने : थापा

गठबन्धनले यथाशीघ्र मन्त्रालयको टुंगो लगाउने : थापा : Icon Khabar

भक्तपुर, चैत १५ । संघीय सांसद एवं नेपाली कांग्रेसका नेता दुर्लभ थापाले गठबन्धनले यथाशीघ्र मन्त्रालयको टुंगो लगाउने बताएका छन् ।
रफत सञ्चार क्लबमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सत्तागठबन्धन दलहरुमाझ गृह र अर्थ मन्त्रालयको यथाशीघ्र टुंगो लाग्ने र सरकारले पूर्णता पाउने बताएका हुन् ।

गठबन्धनको राजनीतिक समीकरणले पाँच वर्ष सरकार चलाउने सहमति विगतमा तय भएकाले राजनीतिक स्थिरता कायम हुने भन्दै थापाले भने, अब देश ओरालो लाग्ने नभई आर्थिक सामाजिक समृद्धिको दिशा निर्देश हुनेछ । उनले मूलुकको चौतर्फी विकासका लागि प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सरकारमा सामेल गर्नु पर्नेमा बिशेष जोड दिए ।

देशको ठूलो राजनीतिक दल कांग्रेस भएकाले सबै राजनीतिक दललाई मिलाएर लान सकस भएता पनि लामो राजनीतिक अनुभवका आधारमा कांग्रेसले राजनीतिक सहमतिलाई नचुकिकन इमान्दारपूर्वक लागू गर्ने थापाले बताए ।

संघीयताका विषयमा विभिन्न प्रश्नहरु उब्जिरहेका बेला संघीयताको व्यावहारिक कार्यान्वयनलाई पारदर्शीतवरले लागू गर्नेमा कांग्रेस अग्रसर हुनेको थापाले बताए ।

मिटरब्याजी समस्या संघीय सरकारको मात्र नभएर यसलाई प्रदेश र स्थानीय सरकारले समन्वय गरी समाधान गर्नुपर्ने बताउँदै यथाशीघ्र संघीय सरकारले यसको समाधानको उपाय निकाल्ने समेत थापाले बताए ।

आर्थिक क्षेत्रमा देखिएको मन्दीलाई दृष्टिगत गरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन कांग्रेस सचेत रहेको बताउँदै थापाले वर्तमान आर्थिक संकटलाई थप बढावा दिने काम राष्ट्र बैकको अर्थ नीतिले गरेको उनले आरोप लगाए ।

आर्थिक अवस्था सुधार गर्न व्यक्तिले थुपारेको धनलाई बैकिङ प्रणालीमार्फत विभिन्न उद्योग, व्यवसायमा लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

Published Date: 29 March 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु