महिला खेलाडीहरुको ब्यत्तित्व बिकास र डाइनिङ्ग संस्कार बारे प्रशिक्षण

महिला खेलाडीहरुको ब्यत्तित्व बिकास र डाइनिङ्ग संस्कार बारे प्रशिक्षण : Icon Khabar

काठमाडौं, चैत १५ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले विश्वमञ्चमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुले खेलसंगै आफ्नो व्यक्तित्व र खानपानको शैलीमा उचित ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

खेलाडीहरु देशको एम्बेसडर भएकाले उनिहरुको ब्यक्तित्व, खानपानको शैली र संस्कारले देशको पहिचान र प्रतिष्ठा झल्काउने उनको भनाई छ । खेल क्षेत्रमा बिशेष योगदान गर्ने महिला खेलाडीहरुको सम्मान तथा आगामी एसियन खेलको तयारीमा रहेका महिला खेलाडीहरुको ब्यक्तित्व बिकास गर्ने उदेश्यले ओलम्पीक कमिटिको भवनमा बुधबार आयोजिक कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस किसिमका कार्यक्रमले खेलाडीहरुको बृद्धि बिकास र प्रर्दशनमा समेत सकरात्मक प्रभाव पार्ने बताए ।

हस्पीटालिटि र पर्यटन क्षेत्रमा बिशेषज्ञ सेवा दिदै आएको हस्पीटालिटि गाइड्सँंगको सहकार्यमा आयोजित कार्यक्रममा ओलम्पिक कमिटिसँग आवद्ध २५ भन्दा बढि खेलकुद संघबाट करिब ५० भन्दा बढि महिला खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको उपस्थिति थियो. ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले आगामी दिनमा ओलम्पिक कमिटिले एसीयन गेम्सलाई लक्षित गरि सबै संघमा आवद्ध खेल पदाधिकारी, प्रशिक्षक र खेलाडीहरुलाई व्यावशायीक अनुशासन, व्यक्तित्व बिकास र खानपानको संस्कार बिषयक प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको बताए ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीअन्तर्गत रहेको वुमेन एण्ड स्पोर्ट्स कमिसनकी अध्यक्ष ज्योती राणाले खेलाडीहरुलाई उचिन खानपान, डाइनिङ्ग सस्कार र ब्यक्तित्व विकासबारे सहि ज्ञान नहुँदा विदेशमा कतिपय अवस्थामा ग्लानीबोध हुने गरेको र त्यसले उसको खेल प्रदर्शनमा समेत असर गर्ने गरेको अनुभव सुनाइन्। ।

यस प्रशिक्षणबाट खेलाडीहरुमा सकारात्मक सन्देश जाने बिश्वास ब्यत्त गर्दै उनले आफुले सिकेको ज्ञान र संस्कार अन्य खेलाडी र घर परिवारमा समेतमा बाढ्न सुझाब दिइन् ।

हस्पीटालिटि र पाककलाका क्षेत्रमा बिशेष अनुभव हासिल गरेका बिज्ञ प्रशिक्षकहरु रुपेश क्षेष्ठ , सेफ भावी खनाल र मोडेरेटर एवम् हस्पीटालिटि गाइड्सका कार्यकारी निर्देशक सुराच प्रसाईले खेलाडीहरुको व्यावसायीक बिकास र डाइनिङ्ग सस्कारका बिषयमा प्रशिक्षण दिएका थिए ।

सो अवसरमा खेलकुद क्षेत्रमा बिशेष योगदान पुर्याए बापत २ जना महिला खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

Published Date: 29 March 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता