बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष शुरु

बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष शुरु : Icon Khabar

काठमाडौं, चैत १४ । बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्ष मंगलबारदेखि सुरु भएको छ । देशभरीका  छब्बिस जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको साताव्यापी निर्णायक कोर्ष सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कोर्षको उदघाटन गर्दैै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्नका लागि प्राविधिक जनशक्तिको नितान्त आवश्यकता रहेको कुरा औल्याउदै खेलाडीहरु तथा प्राविधिकहरुको स्तरबृद्धिका लागि यस्ता प्रशिक्षणहरु निरन्तर रुपमा आयोजना गर्नु पर्नेमा जोड दिए । उनले यस कोर्षबाट अन्तर्राष्ट्रियस्तरमा समेत सहभागी भई निर्णायकको भूमिकामा सहभागिता भएको हेर्ने चाहना व्यक्त गरेका थिए ।

उक्त प्रशिक्षणलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आईटिओ) तथा केन्द्रीय सदस्य पुष्करराज पन्तले सन्चालन गर्ने छन् भने सहायक प्रशिक्षकमा केन्द्रीय महासचिव सविन भट्टाचार्य तथा आईवा टु स्टार रेफ्री जज धनकुमार मैनाली रहेका छन् ।

नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य मानबहादुर भण्डारीको सन्चालन तथा संघका अध्यक्ष राम अवालेको सभापतित्वमा भएको उक्त प्रशिक्षणमा संघका महासचिव सविन भट्टाचार्यले अनुशासित भएर संघले प्रदान गरेको यस अवसरलाई ग्रहण गर्न अनुरोध गर्दैै प्रमुख अतिथिलगायत उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए । संघका अध्यक्ष राम अवालेले उदघाटन शत्रको समापन गर्दै संघले यस खेलको विकासमा निरन्तर कटिबद्ध रहदै आएको तथा एक जुट भएर अघि बढदै अझ बढि सफलता हासिल गर्ने कुरामा आफु विश्वस्त रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष राजीव श्रेष्ठले सघको उक्त कार्यको प्रशंशा गरे । उक्त कार्यक्रममा राखेप बोर्ड सदस्य अन्जन धमला, तालिम तथा प्र्रशिक्षण विभागका निर्देषक तथा मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, केन्द्रीय उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, केन्द्रीय सदस्य श्यामकाजी अवाले लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts