नेपालविरुद्ध भुटानले लियो एक गोलको अग्रता

नेपालविरुद्ध भुटानले लियो एक गोलको अग्रता : Icon Khabar

काठमाडौं, चैत १४ । प्रधानमन्त्री थ्री नेसन्स कप अन्र्तगत नेपालविरुद्ध भुटानले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेकको खेलमा भुटानले १-० गोलको अग्रता लिएको छ। भुटानलाई तेन्जिन नोर्बुले गोल गर्दै अग्रता दिलाएका हुन्।

खेलको २० औं मिनेटमा भुटानले अग्रता लियो । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुको हेडर गोलमा परिणत भएको थियो । फ्रन्ट पोस्टमा तेन्जिङको रन नेपाली डिफेन्सले ठम्याउन नसक्दा भुटान अग्रता लिन सफल रहेको थियो । २९ औं मिनेटमा पुजन उपरकोटीले ३० यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको अन्ति मिनेटमा नेपालले बराबरी गर्ने अवसर गुमायो । कर्नरमा रिबाउन्ड आएको बललाई पुजनले सेकेन्ड बारमा हेड गर्दा सनिश श्रेष्ठको अन्तिम हेडर पोस्टभन्दा थोरै माथिबाट गयो ।

नेपालले आजको खेलमा अन्जन विष्टलाई खेलाएको छ । लाओसविरुद्ध खेलबाट भरत खवासको स्थानमा अन्जनले पहिलो रोजाइमा अवसर पाएका हुन् । तर पहिलो हाफमा नेपालले राम्रो अवसर सिर्जना गर्न सकेको छैन ।

Published Date: 28 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु