नेपालविरुद्ध भुटानले लियो एक गोलको अग्रता

नेपालविरुद्ध भुटानले लियो एक गोलको अग्रता : Icon Khabar

काठमाडौं, चैत १४ । प्रधानमन्त्री थ्री नेसन्स कप अन्र्तगत नेपालविरुद्ध भुटानले अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेकको खेलमा भुटानले १-० गोलको अग्रता लिएको छ। भुटानलाई तेन्जिन नोर्बुले गोल गर्दै अग्रता दिलाएका हुन्।

खेलको २० औं मिनेटमा भुटानले अग्रता लियो । दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुको हेडर गोलमा परिणत भएको थियो । फ्रन्ट पोस्टमा तेन्जिङको रन नेपाली डिफेन्सले ठम्याउन नसक्दा भुटान अग्रता लिन सफल रहेको थियो । २९ औं मिनेटमा पुजन उपरकोटीले ३० यार्ड टाढाबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको अन्ति मिनेटमा नेपालले बराबरी गर्ने अवसर गुमायो । कर्नरमा रिबाउन्ड आएको बललाई पुजनले सेकेन्ड बारमा हेड गर्दा सनिश श्रेष्ठको अन्तिम हेडर पोस्टभन्दा थोरै माथिबाट गयो ।

नेपालले आजको खेलमा अन्जन विष्टलाई खेलाएको छ । लाओसविरुद्ध खेलबाट भरत खवासको स्थानमा अन्जनले पहिलो रोजाइमा अवसर पाएका हुन् । तर पहिलो हाफमा नेपालले राम्रो अवसर सिर्जना गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग