संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी : Icon Khabar

काठमाडौं, चैत १४ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विभागीय समितिको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

“धेरै वर्षदेखि संघीय निजामती ऐन आउन सकेको थिएन, मैले पदभार ग्रहणको दिन नै संघीय निजामती ऐन ल्याउँछु भनेको थिए, अहिले सहमतिका लागि कानुन र अर्थमा गइसकेको छ” मन्त्री मोदीले भने । मन्त्री मोदीले संसदको जारी अधिवेशनमा नै ऐन टेबुल हुने समेत बताए । “संघीय निजामती ऐन अगाडि बढिसक्यो, संसदको यही अधिवेशनमा ऐन टेबुल गर्ने मेरो तयारी छ” उनले भने । मन्त्री मोदीले ऐनमा सबैका भावना र सुझावलाई समेट्ने उद्देश्यले सरोकारवाला पक्षसँग छलफल गरेको समेत बताए ।

“सबैका सुझाव, सल्लाह लिएर सबैका भावना समेटेर ऐन ल्याउनुपर्छ भन्ने हिसाबले मैले सबै सरोकारवालासँग छलफल पनि गरे, अहिले ऐन अगाडि बढिसकेको छ” उनले भने । मन्त्री मोदीले सुशासन कायम गर्ने विषय नै आफ्नो मुख्य प्राथमिकताको विषय भएको समेत बताए । निमित्तमार्फत् स्थानीय तहको कामकाज गर्ने प्रवृत्तिलाई अन्त्य गरेर आफूले सुशासनको सुरुवात गरेको समेत उनले बताए । आफू मन्त्री भएपछि कुनै पनि स्थानीय तहलाई निमित्त कार्यकारी अधिकृत दिने निर्णय नगरेको बताउँदै उनले भने, “अहिले जहाँ जहाँ निमित्त छन्, उनीहरुलाई पनि हामी हटाइरहेका छौँ ।”

मन्त्री मोदीले सेवाग्राहीले प्रश्न उठाउन नपर्ने गरी सेवा प्रवाह दिन समेत कर्मचारीहरुलाई निर्देशन दिए । जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरेपछि मात्रै राजनीतिमा लाग्न समेत उनले निर्देशन दिए ।

Published Date: 28 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु