एशियन ट्राईयाथलन कप शनिबार हुने

एशियन ट्राईयाथलन कप शनिबार हुने : Icon Khabar

काठमाडौं, चैत १४ । नेपाल ट्राईयाथलन संघको आयोजनामा २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप शनिबार पोखरामा हुने भएको छ ।

ट्राईयाथलनका लागि पर्याय जस्तै बनेको नेपालको रमणिय र पर्यटकिय नगरी पोखरामा ट्राईयाथलन र दुवाथलन गरि दुई विधा ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौडको ट्राईयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुवाथलन हुने छ ।

४२ सय डलर कुल पुरस्कार रासी रहेको ट्राईयाथलनमा महिला÷पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर प्राप्त गर्नेछन् । यस्तै दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १९ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन १८ गते ट्राईयाथलन र दोश्रो दिन १९ गते दुवाथलनको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका लागि नेपाली खेलाडीहरु पोखरा पुगिसकेका छन् भने प्रतियोगिता तयारीका लागि केहि प्राविधिकहरु पोखरा पुगिसकेका छन् ।
प्रतियोगिताको अफिसियल होटलमा माउन्ट कैलाश रिसोर्ट, लेकसाईड –६, पोखरा, सेक्रेटरियट होटल ग्लोरी गार्डन, लेकसाईड पोखरा र ट्राभल पार्टनरमा फेयर वे ट्राभल रहेका छन् ।

Published Date: 28 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी