फिल्म क्षेत्रको अनुभव साट्न नायक श्रेष्ठले पोडकास्ट चलाउने

फिल्म क्षेत्रको अनुभव साट्न नायक श्रेष्ठले पोडकास्ट चलाउने : Icon Khabar

काठमाडौं, चैत १४ । नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाई’ नामको पोडकास्ट सञ्चालन गर्ने भएका छन्।

नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका नायक श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसंग अन्तरंग कुराकानी गर्नेगरि कार्यक्रम सञ्चालनको तयारी गरेका हुन्।

उनले आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जनाएका छन् भने विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्नेछन्।

नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत ३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो।

फिल्मी कर्ममा आफ्नो ४१ वर्ष बिताएका श्रेष्ठले आफ्नो कार्यक्रममार्फत फिल्म लाइनका ४१ बर्षको अनुभव सेयर गर्नेछन्। उनले प्रोमोमा भनेका भावुक हुँदै भनेका छन्, ‘आज मैले रोकेर आफूलाई रोक्न सकिन। मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झिन सकुँ।’

उनले आफ्नो कार्यक्रम मार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताएका छन्। उनले एक औपचारिक कार्यक्रममार्फत कार्यक्रमको औपचारिक घोषणा गर्नेछन्।

Published Date: 28 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु