चीनको व्यापार नाफा गत वर्ष भन्दा ३०% ले बढेर हालसम्मकै उच्च विन्दुमा

चीनको व्यापार नाफा गत वर्ष भन्दा ३०% ले बढेर हालसम्मकै उच्च विन्दुमा : Icon Khabar

काठमाडौं, चैत १४ । चीनको व्यापार नाफा गत वर्ष (सन् २०२२) मा ३०% ले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । रुसी समाचार एजेन्सी ‘स्पुत्निक’ को एक रिपोर्टका अनुसार गत वर्ष चीनको व्यापार नाफा हालसम्मकै उच्च ८ खर्ब ७७ अर्ब डलर पुगेको हो ।

चीन विश्वमा सबैभन्दा बढी व्यापार नाफा गर्ने देशहरुमा पहिलो स्थानमा रहेको छ । यता, बढी व्यापार नाफा गर्ने देशहरुको सूचीमा दोस्रो स्थानमा रहेको छ । एक वर्षको अवधिमा रुसले १.७ गुणाले वृद्धि गरी व्यापार नाफा ३ खर्ब ३३ अर्ब डलर पुर्याएको छ ।

यस्तै, साउदी अरब २ खर्ब २१ अर्ब डलरको व्यापार नाफासहित तेस्रो स्थानमा रहेको छ । जुन नाफा सन् २०१२ यताकै उच्च हो । सन् २०२२ मा सबैभन्दा धेरै व्यापार नाफा वृद्धि गर्ने देशमा क्यानडा देखिएको छ ।

यसले व्यापार नाफा ४.८ गुणाले वृद्धि गरेर ३.६५ अर्ब डलरबाट १७.४५ अर्ब डलर पुर्याएको रिपोर्टमा उल्लेख छ । यता, सन् २०२२ मा नाइजेरिया व्यापार घाटालाई नाफामा परिणत गर्न सफल एक मात्र मुलुकको रुपमा देखिएको छ ।

सन् २०२२ मा कुल २६ वटा महत्वपूर्ण अर्थतन्त्रहरुले समग्रमा २४ खर्ब डलर भन्दा बढी व्यापार नाफा गरेका छन् । अघिल्लो वर्ष अर्थात सन् २०२१ मा भने ३२ वटा देशहरुले समग्रमा २१ खर्ब डलर मात्र व्यापार नाफा गरेका थिए ।

यता, चीन र रुसबीचको व्यापार सन् २०२२ मा ३४.३% ले बढेर १ खर्ब ९० अर्ब डलर पुगेको छ । यी दुई देशबीचको राम्रो सम्बन्ध, उर्जा कारोबारमा वृद्धि र समानान्तर द्विपक्षीय व्यापार सम्बन्धका कारण कारोबार उच्च भएको हो । सन् २०२३ मा यी दुई देशबीचको व्यापारमा दोब्बर वृद्धि हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न