चीनको व्यापार नाफा गत वर्ष भन्दा ३०% ले बढेर हालसम्मकै उच्च विन्दुमा

चीनको व्यापार नाफा गत वर्ष भन्दा ३०% ले बढेर हालसम्मकै उच्च विन्दुमा : Icon Khabar

काठमाडौं, चैत १४ । चीनको व्यापार नाफा गत वर्ष (सन् २०२२) मा ३०% ले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । रुसी समाचार एजेन्सी ‘स्पुत्निक’ को एक रिपोर्टका अनुसार गत वर्ष चीनको व्यापार नाफा हालसम्मकै उच्च ८ खर्ब ७७ अर्ब डलर पुगेको हो ।

चीन विश्वमा सबैभन्दा बढी व्यापार नाफा गर्ने देशहरुमा पहिलो स्थानमा रहेको छ । यता, बढी व्यापार नाफा गर्ने देशहरुको सूचीमा दोस्रो स्थानमा रहेको छ । एक वर्षको अवधिमा रुसले १.७ गुणाले वृद्धि गरी व्यापार नाफा ३ खर्ब ३३ अर्ब डलर पुर्याएको छ ।

यस्तै, साउदी अरब २ खर्ब २१ अर्ब डलरको व्यापार नाफासहित तेस्रो स्थानमा रहेको छ । जुन नाफा सन् २०१२ यताकै उच्च हो । सन् २०२२ मा सबैभन्दा धेरै व्यापार नाफा वृद्धि गर्ने देशमा क्यानडा देखिएको छ ।

यसले व्यापार नाफा ४.८ गुणाले वृद्धि गरेर ३.६५ अर्ब डलरबाट १७.४५ अर्ब डलर पुर्याएको रिपोर्टमा उल्लेख छ । यता, सन् २०२२ मा नाइजेरिया व्यापार घाटालाई नाफामा परिणत गर्न सफल एक मात्र मुलुकको रुपमा देखिएको छ ।

सन् २०२२ मा कुल २६ वटा महत्वपूर्ण अर्थतन्त्रहरुले समग्रमा २४ खर्ब डलर भन्दा बढी व्यापार नाफा गरेका छन् । अघिल्लो वर्ष अर्थात सन् २०२१ मा भने ३२ वटा देशहरुले समग्रमा २१ खर्ब डलर मात्र व्यापार नाफा गरेका थिए ।

यता, चीन र रुसबीचको व्यापार सन् २०२२ मा ३४.३% ले बढेर १ खर्ब ९० अर्ब डलर पुगेको छ । यी दुई देशबीचको राम्रो सम्बन्ध, उर्जा कारोबारमा वृद्धि र समानान्तर द्विपक्षीय व्यापार सम्बन्धका कारण कारोबार उच्च भएको हो । सन् २०२३ मा यी दुई देशबीचको व्यापारमा दोब्बर वृद्धि हुने अनुमान गरिएको छ ।

Published Date: 28 March 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु