जनतासँग गरेका वाचा बिर्सनु हुँदैन : कांग्रेस गण्डकी सभापति शर्मा

जनतासँग गरेका वाचा बिर्सनु हुँदैन : कांग्रेस गण्डकी सभापति शर्मा : Icon Khabar

गण्डकी, चैत १४ । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका बेला जनतासँग गरेका वाचा बिर्सन नहुने बताएका छन्।

कांग्रेस गण्डकी प्रदेश समितिको सोमबार बसेको बैठकमा शर्माले जनताको विश्वास र समर्थनका कारण प्रदेश र संघीय संसदको निर्वाचनमा कांग्रेस पहिलो दल बनेको बताए ।

उनले भने, “हामीले जनतासँग गरेका वाचा र प्रतिबद्धतालाई कुनै पनि हालतमा बिर्सन हुँदैन, जनतासमक्ष संकल्प गरेका थियौं, अब विश्वासलाई व्यवहारमा उतार्ने बेला आएको छ । पार्टीका सबै जिम्मेवार सहकर्मीले काम गर्नुपर्छ ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले छिट्टै गण्डकी प्रदेश सरकारको नेतृत्व काङ्ग्रेसले लिने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

कांग्रेस नेतृत्वको सरकारमा मन्त्रालयको संख्या नबढाइने बताउँदै उनले जनतालाई सन्तुष्ट पार्न पार्टीले काम गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोलाले प्रदेश कमिटीले प्रदेशका ११ जिल्लाका पार्टी सचिव, कोषाध्यक्ष र सह–सचिवबीच अन्तरक्रिया र अभिमुखीकरण गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पार्टी सङ्गठन विस्तार गर्न ११ वटै जिल्लामा सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि बताए ।

Published Date: 28 March 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु