जनतासँग गरेका वाचा बिर्सनु हुँदैन : कांग्रेस गण्डकी सभापति शर्मा

जनतासँग गरेका वाचा बिर्सनु हुँदैन : कांग्रेस गण्डकी सभापति शर्मा : Icon Khabar

गण्डकी, चैत १४ । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका बेला जनतासँग गरेका वाचा बिर्सन नहुने बताएका छन्।

कांग्रेस गण्डकी प्रदेश समितिको सोमबार बसेको बैठकमा शर्माले जनताको विश्वास र समर्थनका कारण प्रदेश र संघीय संसदको निर्वाचनमा कांग्रेस पहिलो दल बनेको बताए ।

उनले भने, “हामीले जनतासँग गरेका वाचा र प्रतिबद्धतालाई कुनै पनि हालतमा बिर्सन हुँदैन, जनतासमक्ष संकल्प गरेका थियौं, अब विश्वासलाई व्यवहारमा उतार्ने बेला आएको छ । पार्टीका सबै जिम्मेवार सहकर्मीले काम गर्नुपर्छ ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले छिट्टै गण्डकी प्रदेश सरकारको नेतृत्व काङ्ग्रेसले लिने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

कांग्रेस नेतृत्वको सरकारमा मन्त्रालयको संख्या नबढाइने बताउँदै उनले जनतालाई सन्तुष्ट पार्न पार्टीले काम गर्ने विश्वास व्यक्त गरे ।

कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोलाले प्रदेश कमिटीले प्रदेशका ११ जिल्लाका पार्टी सचिव, कोषाध्यक्ष र सह–सचिवबीच अन्तरक्रिया र अभिमुखीकरण गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पार्टी सङ्गठन विस्तार गर्न ११ वटै जिल्लामा सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts




ताजा
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर
आज पनि सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित