फर्स्ट सिटिजन्स बैंकले सिलिकन भ्याली बैंक खरिद गर्न सहमत

फर्स्ट सिटिजन्स बैंकले सिलिकन भ्याली बैंक खरिद गर्न सहमत : Icon Khabar

काठमाडौं, चैत १३ । संकटग्रस्त बनेपछि नियामकले बन्द गरेको अमेरिकी सिलिकन भ्याली बैंकको सम्पूर्ण निक्षेप र ऋण दायित्वहरु फर्स्ट सिटिजन्स बैंकले खरिद गर्ने भएको छ । असफल भएपछि फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेसन (एफडीआइसी) को अधिनमा रहेको सिलिकन भ्यालीको सबै निक्षेप र ऋण सोमबार बिक्री भएको हो ।

सन् २००८ को वित्तीय संकटपछि असफल हुने सबैभन्दा ठूलो बैंक बनेको सिलिकन भ्याली बैंक मार्च १० मा बन्द भएको थियो । यसको पतनपछि अस्थिर बन्दै आएको विश्वभरको बजार अब भने केही शान्त हुने अनुमान गरिएको छ ।

स्टार्टअप केन्द्रित सिलिकन भ्याली बैंकको निक्षेप र ऋणका लागि खरिदकर्ता भेटिएपछि लगानीकर्ता केही संयमित हुने विश्लेषण गरिएको छ । पूर्व सिलिकन भ्याली बैंकका १७ वटा शाखा कार्यालयहरु अब सोमबारदेखि फर्स्ट सिटिजन्स बैंकको शाखाको रुपमा खुल्ने रोयटर्सले उल्लेख गरेको छ ।

फर्स्ट सिटिजन्ले १६.५ अर्ब डलरको छुटमा सिलिकन भ्यालीको करिब ७२ अर्ब डलर बराबरको सम्पति प्राप्ती गरेको छ । यता, सिलिकन भ्यालीको अससफलताले एफडीआइसीको ‘निक्षेप बिमा कोष’ मा भने करिब २० अर्ब डलरको लागत बढेको छ । यद्दपि, यो सम्झौताले विश्वभरको बजारलाई केही राहत भने दिएको छ ।

Published Date: 27 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर