फर्स्ट सिटिजन्स बैंकले सिलिकन भ्याली बैंक खरिद गर्न सहमत

फर्स्ट सिटिजन्स बैंकले सिलिकन भ्याली बैंक खरिद गर्न सहमत : Icon Khabar

काठमाडौं, चैत १३ । संकटग्रस्त बनेपछि नियामकले बन्द गरेको अमेरिकी सिलिकन भ्याली बैंकको सम्पूर्ण निक्षेप र ऋण दायित्वहरु फर्स्ट सिटिजन्स बैंकले खरिद गर्ने भएको छ । असफल भएपछि फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेसन (एफडीआइसी) को अधिनमा रहेको सिलिकन भ्यालीको सबै निक्षेप र ऋण सोमबार बिक्री भएको हो ।

सन् २००८ को वित्तीय संकटपछि असफल हुने सबैभन्दा ठूलो बैंक बनेको सिलिकन भ्याली बैंक मार्च १० मा बन्द भएको थियो । यसको पतनपछि अस्थिर बन्दै आएको विश्वभरको बजार अब भने केही शान्त हुने अनुमान गरिएको छ ।

स्टार्टअप केन्द्रित सिलिकन भ्याली बैंकको निक्षेप र ऋणका लागि खरिदकर्ता भेटिएपछि लगानीकर्ता केही संयमित हुने विश्लेषण गरिएको छ । पूर्व सिलिकन भ्याली बैंकका १७ वटा शाखा कार्यालयहरु अब सोमबारदेखि फर्स्ट सिटिजन्स बैंकको शाखाको रुपमा खुल्ने रोयटर्सले उल्लेख गरेको छ ।

फर्स्ट सिटिजन्ले १६.५ अर्ब डलरको छुटमा सिलिकन भ्यालीको करिब ७२ अर्ब डलर बराबरको सम्पति प्राप्ती गरेको छ । यता, सिलिकन भ्यालीको अससफलताले एफडीआइसीको ‘निक्षेप बिमा कोष’ मा भने करिब २० अर्ब डलरको लागत बढेको छ । यद्दपि, यो सम्झौताले विश्वभरको बजारलाई केही राहत भने दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न