मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम तयारीमा प्रधानमन्त्री दाहाल

मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम तयारीमा प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, चैत १३ । मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार नेपाली काँग्रेस र नेकपा (संयुक्त समाजवादी)का शीर्ष नेतृत्वसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री दाहालले सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (संयुक्त समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले मंगलबार दिउँसो ४ बजे १० दलको बैठक बोलाउन शीर्ष नेताहरु सहमत भएको जानकारी दिए । चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

Published Date: 27 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर