मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम तयारीमा प्रधानमन्त्री दाहाल

मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम तयारीमा प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, चैत १३ । मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार नेपाली काँग्रेस र नेकपा (संयुक्त समाजवादी)का शीर्ष नेतृत्वसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री दाहालले सोमबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (संयुक्त समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले मंगलबार दिउँसो ४ बजे १० दलको बैठक बोलाउन शीर्ष नेताहरु सहमत भएको जानकारी दिए । चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts