सन्दिप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

सन्दिप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै : Icon Khabar

काठमाडौं, चैत १३ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेका मुद्दामा आज सुनुवाइ हुँदैछ । कुनै पनि पक्षले स्थगित गर्ने निर्णय नगरे आज सुनुवाइ हुने सम्भावना छ ।

लामिछानेले आफूलाई होटलको कोठामा राखेर बलात्कार गरेको आरोपमा १७ वर्षीया युवतीले २०७९ भदौ २१ मा गौशाला प्रहरी चौकीमा उजुरी दिएकी थिइन् । लामिछानेले असोज २० गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले लामिछानेलाई प्रारम्भिक अनुसन्धानका लागि कारागार चलान गर्न आदेश दिएको थियो । उक्त फैसलाविरुद्ध लामिछानेका वकिलले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

पुष २८ गते उच्च अदालत पाटनले उनलाई कारागार पठाउने काठमाडौं जिल्ला अदालतको फैसला उल्टाएको थियो । उच्च अदालतले सन्दीपलाई विभिन्न सर्तमा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी पुष २९ गते सुन्धाराको केन्द्रीय कारागारबाट धरौटीमा रिहा भएका थिए ।

सर्वोच्च अदालतले फागुन १५ गते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको थियो ।

Published Date: 27 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर