सुपर मादी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु

सुपर मादी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु : Icon Khabar

काठमाडौँ, चैत १३ । ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाले शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा १५ मेगावाट विद्युत आपूर्ति सुरु गरेको छ ।

आयोजना पोखराबाट २३ किलोमिटर उत्तर पूर्वमा पर्ने कास्की जिल्लाको माडी गाउँपालिकाको वडा नम्बर १ र २ मा अवस्थित छ । आयोजनाले व्यावसायिक उत्पादनमा सर्नुअघि आगामी १५ दिनसम्म नेपाल विद्युत प्राधिकरणलाई माथि उल्लेखित युनिट बिजुली निःशुल्क उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

लेखनाथ नगरपालिकामा रहेको सबस्टेसनमा १३२ केभी प्रसारण लाइनमार्फत उत्पादन भइरहेको आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।

सुपर माडीले प्रतिवर्ष २४२.६५ मिलियन युनिट बिजुली उत्पादन गर्नेछ । प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौताअनुसार हिउँदको चार महिनाका लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले प्राधिकरणलाई उत्पादन बिक्री गर्ने भएको छ भने बाँकी आठ महिनाका लागि प्रतियुनिट ४ रुपैयाँ ८० रुपैयाँ दर निर्धारण गरिएको छ ।

‘पीपीए दरका आधारमा आयोजनाले उत्पादन बिक्री गरेर वार्षिक १ अर्ब ३० करोड आम्दानी गर्ने अपेक्षा गरिएको छ,’ ढुंगानाले भने ।

आयोजना निर्माणका लागि सुरुमा ७ अर्ब ४७ करोड रुपैयाँ लागत विनियोजन गरिएको भए पनि लागत आठ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ । ढुंगानाले बाढी र रुस–युक्रेन युद्धका कारण निर्माण सामग्रीको मूल्यवृद्धिका कारण लागत बढेको बताए ।

उनका अनुसार बाढीका कारण निर्माणमा ढिलाइ हुँदा बैंकको कर्जाको ब्याजमा मात्रै ४७ करोड रुपैयाँ अतिरिक्त दायित्व थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न