सुपर मादी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु

सुपर मादी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु : Icon Khabar

काठमाडौँ, चैत १३ । ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाले शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा १५ मेगावाट विद्युत आपूर्ति सुरु गरेको छ ।

आयोजना पोखराबाट २३ किलोमिटर उत्तर पूर्वमा पर्ने कास्की जिल्लाको माडी गाउँपालिकाको वडा नम्बर १ र २ मा अवस्थित छ । आयोजनाले व्यावसायिक उत्पादनमा सर्नुअघि आगामी १५ दिनसम्म नेपाल विद्युत प्राधिकरणलाई माथि उल्लेखित युनिट बिजुली निःशुल्क उपलब्ध गराउने आयोजनाले जनाएको छ ।

लेखनाथ नगरपालिकामा रहेको सबस्टेसनमा १३२ केभी प्रसारण लाइनमार्फत उत्पादन भइरहेको आयोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।

सुपर माडीले प्रतिवर्ष २४२.६५ मिलियन युनिट बिजुली उत्पादन गर्नेछ । प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौताअनुसार हिउँदको चार महिनाका लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसाका दरले प्राधिकरणलाई उत्पादन बिक्री गर्ने भएको छ भने बाँकी आठ महिनाका लागि प्रतियुनिट ४ रुपैयाँ ८० रुपैयाँ दर निर्धारण गरिएको छ ।

‘पीपीए दरका आधारमा आयोजनाले उत्पादन बिक्री गरेर वार्षिक १ अर्ब ३० करोड आम्दानी गर्ने अपेक्षा गरिएको छ,’ ढुंगानाले भने ।

आयोजना निर्माणका लागि सुरुमा ७ अर्ब ४७ करोड रुपैयाँ लागत विनियोजन गरिएको भए पनि लागत आठ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ । ढुंगानाले बाढी र रुस–युक्रेन युद्धका कारण निर्माण सामग्रीको मूल्यवृद्धिका कारण लागत बढेको बताए ।

उनका अनुसार बाढीका कारण निर्माणमा ढिलाइ हुँदा बैंकको कर्जाको ब्याजमा मात्रै ४७ करोड रुपैयाँ अतिरिक्त दायित्व थपिएको छ ।

Published Date: 27 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी