गण्डकी प्रदेशसभा माओवादीका मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेशसभा माओवादीका मन्त्रीले दिए राजीनामा : Icon Khabar

कास्की, चैत १० । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएकाे समर्थन फिर्ता लिदै भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबशादुर चुमान र उधाेग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पदबाट शुक्रबार राजीनामा दिएका छन् ।

आज विहान ११ बजे बसेकाे गण्डकी प्रदेशसभा अन्तर्गत माओवादी संसदीय दलकाे वैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिदै सरकारमा संलग्न दुई मन्त्रीले राजीनामा दिने निर्णय गरेकाे थियाे । संसदीय दलका नेता एंव भाैतिक मन्त्री चुमानले केन्द्रकाे निर्णय अनुसार सरकारबाट बाहिरीएकाे बताए ।

प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता चुमानलाई सरकारबाट बाहिरीन विहीबार फाेनबाट निर्देशन दिएका थिए । गण्डकीमा माओवादी र राप्रपाकाे साथले एमालेकाे नेतृत्वमा सरकार बनेकाे थियाे । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनकाे लागि ३१ सांसदकाे आवश्यक पर्दछ ।

दुई मन्त्रीकाे राजीनामासँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकार अल्पमतमा परेकाे छ । अब खगराजलाई कि राजीनामा दिने कि त विश्वासकाे मत लिने दुई विकल्प रहनेछन् । प्रदेशसभामा काँग्रेसका २७ सांसद रहेका छन् । गण्डकीमा एमालेका २२, राप्रपाका २ र स्वतन्त्र एकसांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता