गण्डकी प्रदेशसभा माओवादीका मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेशसभा माओवादीका मन्त्रीले दिए राजीनामा : Icon Khabar

कास्की, चैत १० । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन् । सरकारलाई दिएकाे समर्थन फिर्ता लिदै भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबशादुर चुमान र उधाेग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पदबाट शुक्रबार राजीनामा दिएका छन् ।

आज विहान ११ बजे बसेकाे गण्डकी प्रदेशसभा अन्तर्गत माओवादी संसदीय दलकाे वैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिदै सरकारमा संलग्न दुई मन्त्रीले राजीनामा दिने निर्णय गरेकाे थियाे । संसदीय दलका नेता एंव भाैतिक मन्त्री चुमानले केन्द्रकाे निर्णय अनुसार सरकारबाट बाहिरीएकाे बताए ।

प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता चुमानलाई सरकारबाट बाहिरीन विहीबार फाेनबाट निर्देशन दिएका थिए । गण्डकीमा माओवादी र राप्रपाकाे साथले एमालेकाे नेतृत्वमा सरकार बनेकाे थियाे । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनकाे लागि ३१ सांसदकाे आवश्यक पर्दछ ।

दुई मन्त्रीकाे राजीनामासँगै मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकार अल्पमतमा परेकाे छ । अब खगराजलाई कि राजीनामा दिने कि त विश्वासकाे मत लिने दुई विकल्प रहनेछन् । प्रदेशसभामा काँग्रेसका २७ सांसद रहेका छन् । गण्डकीमा एमालेका २२, राप्रपाका २ र स्वतन्त्र एकसांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
ताजा
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न
मौसम पूर्वानुमान : यी स्थानहरुमा वर्षाको सम्भावना
हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व
मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न नेपालको आह्वान


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो