निगमद्वारा खाना पकाउने (एलपिजी) सिलिन्डरको सुरक्षा मापदण्डबारे डिलरसँग छलफल सुरु

निगमद्वारा खाना पकाउने (एलपिजी) सिलिन्डरको सुरक्षा मापदण्डबारे डिलरसँग छलफल सुरु : Icon Khabar

काठमाडौं, चैत १० । नेपाल आयल निगमले तरल पदार्थ ग्यास (एलपिजी) सिलिन्डरको सुरक्षा मापदण्डबारे डिलरसँग छलफल सुरु गरेको छ ।

पछिल्लो समय ग्यास सिलिण्डर पड्किएर मृत्यु हुनेको संख्या पनि बढ्दै गएपछि निगमले सुरक्षित प्रयोग प्रवर्द्धन गर्न पेट्रोलियम पदार्थको सुरक्षा र मापदण्डबारे छलफल सुरु गरेको छ ।

निगमले बिहीबार पेट्रोल पम्प सञ्चालकसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । नेपाल आयल निगमका उपनिर्देशक विनितमणि उपाध्यायले सुरक्षा र मापदण्डका विषयमा काठमाडौं उपत्यकाका पेट्रोल पम्प सञ्चालकसँग अन्तरक्रिया गरेको जानकारी दिए ।

अन्तरक्रियामा निगमका आपूर्ति विभागका निर्देशक वीरेन्द्र गोइत, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय संघका अध्यक्ष लिलेन्द्र प्रधान र वाग्मती डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काको सहभागिता रहेको उपाध्यायले बताए ।

आगामी दिनमा निगमले आफ्ना सबै डिपोमा यस्ता कार्यक्रम गर्ने योजना रहेको उपाध्यायले बताए । उपनिर्देशक उपाध्यायका अनुसार ग्यास सिलिन्डरको सुरक्षा मापदण्डका विषयमा पनि यस्तै अन्तरक्रिया तथा तालिम सञ्चालन गरिने छ ।

त्यस्तै, निगमले आफ्ना सामाजिक सञ्जाल तथा अन्य प्लेटफर्ममा एलपीजी सिलिन्डर सुरक्षा अभियान सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता