प्रहरी महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवर नियुक्त

प्रहरी महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवर नियुक्त : Icon Khabar

काठमाडौँ, चैत १० । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आज अवकाश पाएपछि कुँवरलाई नयाँ आईजीपीमा नियुक्त गरेको छ। शुक्रबार दिउँसो ४ बजे बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले हालै डीआईजीबाट बढुवा भएका पाँच एआइजीमध्ये पहिलो नम्बरमा रहेका कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको हो ।

कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हालै डीआईजीबाट एआईजीमा बढुवा भएका उच्च प्रहरी अधिकृत हुन् । यी सबै नेपाल प्रहरीको महानिरीक्षक पदका दावेदार थिए ।

आइजीपी सिंहसँगै पूर्वएआइजी सहकुलबहादुर थापा, उत्तम सुवेदी र दिवेश लोहनी पनि आजदेखि अवकाश लिँदैछन्, नवनियुक्त पाँच एआईजीमध्येबाट आईजीपी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts




ताजा
नोबेल पुरस्कार: मानव सभ्यताको उत्कृष्ट उपलब्धिको सम्मान
मुस्ताङमा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन
आफ्नो तस्वीर टाइम म्यागजिनको कभरमा आएपछि रिसाए ट्रम्प
बुधबार पनि सुनको भाउ बढ्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित