प्रहरी महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवर नियुक्त

प्रहरी महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवर नियुक्त : Icon Khabar

काठमाडौँ, चैत १० । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आज अवकाश पाएपछि कुँवरलाई नयाँ आईजीपीमा नियुक्त गरेको छ। शुक्रबार दिउँसो ४ बजे बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले हालै डीआईजीबाट बढुवा भएका पाँच एआइजीमध्ये पहिलो नम्बरमा रहेका कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको हो ।

कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हालै डीआईजीबाट एआईजीमा बढुवा भएका उच्च प्रहरी अधिकृत हुन् । यी सबै नेपाल प्रहरीको महानिरीक्षक पदका दावेदार थिए ।

आइजीपी सिंहसँगै पूर्वएआइजी सहकुलबहादुर थापा, उत्तम सुवेदी र दिवेश लोहनी पनि आजदेखि अवकाश लिँदैछन्, नवनियुक्त पाँच एआईजीमध्येबाट आईजीपी बनाइएको छ ।

Published Date: 24 March 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा