अब सर्वसाधारणका लागि काठमाडौँको रानीपोखरी खुल्ला

अब सर्वसाधारणका लागि काठमाडौँको रानीपोखरी खुल्ला : Icon Khabar

काठमाडौं, चैत १० । पुनर्निर्माणपछि पहिलो पटक रानीपोखरी सर्वसाधारणका लागि खुल्ला गरिएको छ । महानगरीय प्रहरीबाट सरसफाई गरी बुधबारदेखि रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

मानन्धरका अनुसार अब सर्वसाधारणले बिना टिकट रानीपोखरी जान पाउनेछन् । पुनर्निर्माणपछि महानगरले सर्वसाधारणका लागि खुला गर्न पटक–पटक पहल गरेको थियो । ‘बुधवार औपचारिक रुपमा उद्घाटन भए पनि आजदेखि मानिसहरु रानीपोखरी जान थालेका छन्’, प्रवक्ता मानन्धरले भने ।

२०१५ को महाभूकम्पमा क्षति पुगेपछि रानीपोखरीको पुनर्निर्माण गरी मौलिक रूप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०२१ डिसेम्बर २८ मा रानीपोखरी महानगरलाई हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

लामो समयदेखि बन्द र मर्मतसम्भार नहुँदा रानीपोखरी झारपातका कारण कुरुप बन्दै गएको छ । अब रानीपोखरी सरसफाई गरी सर्वसाधारणका लागि खुला गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)