अब सर्वसाधारणका लागि काठमाडौँको रानीपोखरी खुल्ला

अब सर्वसाधारणका लागि काठमाडौँको रानीपोखरी खुल्ला : Icon Khabar

काठमाडौं, चैत १० । पुनर्निर्माणपछि पहिलो पटक रानीपोखरी सर्वसाधारणका लागि खुल्ला गरिएको छ । महानगरीय प्रहरीबाट सरसफाई गरी बुधबारदेखि रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

मानन्धरका अनुसार अब सर्वसाधारणले बिना टिकट रानीपोखरी जान पाउनेछन् । पुनर्निर्माणपछि महानगरले सर्वसाधारणका लागि खुला गर्न पटक–पटक पहल गरेको थियो । ‘बुधवार औपचारिक रुपमा उद्घाटन भए पनि आजदेखि मानिसहरु रानीपोखरी जान थालेका छन्’, प्रवक्ता मानन्धरले भने ।

२०१५ को महाभूकम्पमा क्षति पुगेपछि रानीपोखरीको पुनर्निर्माण गरी मौलिक रूप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०२१ डिसेम्बर २८ मा रानीपोखरी महानगरलाई हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

लामो समयदेखि बन्द र मर्मतसम्भार नहुँदा रानीपोखरी झारपातका कारण कुरुप बन्दै गएको छ । अब रानीपोखरी सरसफाई गरी सर्वसाधारणका लागि खुला गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Published Date: 24 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर