नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८, भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि: राष्ट्रिय जनगणना २०७८

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८, भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि: राष्ट्रिय जनगणना २०७८ : Icon Khabar

काठमाडौँ, चैत १० । नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको हो ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ ।

यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए । प्रधानमन्त्री दाहालले नै नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।

त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको जसमा वागमती प्रदेशमा कुल संख्याको एक तिहाईको बसोवास छ ।

Published Date: 24 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर