आज विश्व क्षयरोग दिवस २०२३, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व क्षयरोग दिवस २०२३, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै : Icon Khabar

काठमाडौं, चैत १० । विश्व क्षयरोग दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज बिहान १०ः४५ बजे भक्तपुरस्थित आफ्नो कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

२४ मार्च, १८८२ मा, डा. रोबर्ट कोचले क्षयरोग ब्याक्टेरियम पत्ता लगाए। त्यसको एक सय वर्षपछि सन् १९८२ मा मार्च २४ लाई विश्व क्षयरोग दिवसको रुपमा मनाइयो ।

विश्व स्वास्थ्य संगठनको यस वर्षको दिवसको मुख्य नारा हो ‘हो! क्षयरोग अन्त्य गर्छौं!’ यही नाराका साथ नेपालमा पनि विश्व क्षयरोग दिवस सप्ताहव्यापी मनाइँदैछौं,’ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा नवीनप्रकाश शाहले भने ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा ६६ लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिकासहित करिब १६ लाख मानिस क्षयरोगबाट पीडित भएका थिए। क्षयरोग नियमित उपचारबाट निको हुनसक्ने अनुमान गरिएको छ । सन् २०२१ मा विश्वभर क्षयरोगबाट लाखौं मानिसको मृत्यु भएको थियो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा वर्षेनी नयाँ र पुराना गरी करिब एक लाख १७ हजार क्षयरोगका बिरामी भेटिन्छन् । हरेक वर्ष ६९ हजार नयाँ क्षयरोगी थपिने र १७ हजारको क्षयरोगबाट मृत्यु हुने अनुमान छ ।

गत आर्थिक वर्ष २०२१/२२ मा नेपालमा ३७ हजार ८६१ क्षयरोगी उपचारका लागि दर्ता भएका थिए जसमा ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र करिब ८.७ प्रतिशत बालबालिका थिए । ९१.५ प्रतिशत बिरामीको सफल उपचार र निको भएको तथ्यांक छ ।

Published Date: 24 March 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली