नेकपा एमालेद्वारा वाग्मती प्रदेश सरकारबाट बाहिरिने निर्णय

नेकपा एमालेद्वारा वाग्मती प्रदेश सरकारबाट बाहिरिने निर्णय : Icon Khabar

काठमाडौं, चैत १० । नेकपा एमालेले वाग्मती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । वाग्मती प्रदेश सरकारका प्रवक्ता समेत रहेका नेकपा एमालेका नेता जगन्नाथ थपलियाले आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीका मन्त्रीहरुले मन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।

एमाले नेताहरुले मन्त्री पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस वाग्मती प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्माकट्टेल नेतृत्वको गठबन्धन सरकारमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)सहित पाँच राजनीतिक दल सामेल भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसअघि नै जम्मकट्टेल नेतृत्वको सरकार छाडेको थियो ।

राप्रपा र एमालेले जम्माकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम आज विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts