नेकपा एमालेद्वारा वाग्मती प्रदेश सरकारबाट बाहिरिने निर्णय

नेकपा एमालेद्वारा वाग्मती प्रदेश सरकारबाट बाहिरिने निर्णय : Icon Khabar

काठमाडौं, चैत १० । नेकपा एमालेले वाग्मती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । वाग्मती प्रदेश सरकारका प्रवक्ता समेत रहेका नेकपा एमालेका नेता जगन्नाथ थपलियाले आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीका मन्त्रीहरुले मन्त्री पदबाट राजीनामा दिने बताएका छन् ।

एमाले नेताहरुले मन्त्री पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस वाग्मती प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता शालिकराम जम्माकट्टेल नेतृत्वको गठबन्धन सरकारमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)सहित पाँच राजनीतिक दल सामेल भएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसअघि नै जम्मकट्टेल नेतृत्वको सरकार छाडेको थियो ।

राप्रपा र एमालेले जम्माकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम आज विश्वासको मत लिँदैछन् ।

Published Date: 24 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर