वरिष्ठ रेडियो पत्रकार कृष्ण ताम्राकारको निधन

वरिष्ठ रेडियो पत्रकार कृष्ण ताम्राकारको निधन : Icon Khabar

काठमाडौं, चैत १० । वरिष्ठ रेडियो पत्रकार कृष्ण ताम्राकारको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत ८६ वर्षीय ताम्राकारको बिहीबार राति १० बजे निधन भएको हो ।

उनलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । उनले लामो समय रेडियो नेपालमा न्यूज एन्करको रुपमा काम गरेकी थिइन् । उनले विसं २०१८ देखि रेडियो नेपालमा काम गरेकी थिइन् । उनले सुरुवाती समयमा हिन्दी र पछि नेपाली भाषा र नेपाल भाषामा समाचार पढ्थिन् ।

ताम्राकारले करिब ६० वर्ष रेडियोमा काम गरे । तर २०४९ सालमा रेडियो नेपालबाट अवकाश लिइन् । त्यतिबेला पनि उनी सञ्चारमा सक्रिय थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचक १२.१७ अंकले बढ्यो
काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ उपलब्ध हुने
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
लिग २ क्रिकेट : यूएईसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)