दक्षिणकालीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

दक्षिणकालीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते : Icon Khabar

काठमाडौं, चैत ७ । हेटौंडाबाट काठमाडौं आउँदै गरेको जीप दक्षिणकालीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

फर्फिङ प्रहरीका अनुसार एनए १ झा ३४२४ नम्बरको जीप दक्षिणकाली नगरपालिका–८ शितलचोकमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारका लागि मनमोहन अस्पताल पठाइएको छ । जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु