विपन्न समुदायका लागि आर्थिक अवसरमा जोड दिनुपर्छ: राष्ट्रपति पौडेल

विपन्न समुदायका लागि आर्थिक अवसरमा जोड दिनुपर्छ: राष्ट्रपति पौडेल : Icon Khabar

काठमाडौं, चैत ७ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा भएको राजनीतिक परिवर्तनको प्रभाव प्रत्येक नागरिकलाई महसुस गराउन महत्वपूर्ण प्रयास हुनुपर्ने बताए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज सामाजिक लोकतन्त्र अध्ययन केन्द्र, काठमाडौंका प्रतिनिधिसँगको भेटमा उनले ग्रामीण तथा विपन्न समुदायका लागि न्याय र आयआर्जनका अवसर सुनिश्चित गर्दै काम गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपतिले नेपाली समाज, संघसंस्था र राजनीतिक दललाई थप लोकतन्त्रीकरणका लागि भूमिका खेल्न केन्द्रलाई आग्रह गरेका थिए ।

प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई अभिनन्दन पत्र बुझाउने क्रममा केन्द्रका अध्यक्ष मधु आचार्यले पौडेललाई अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

Published Date: 21 March 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु