विपन्न समुदायका लागि आर्थिक अवसरमा जोड दिनुपर्छ: राष्ट्रपति पौडेल

विपन्न समुदायका लागि आर्थिक अवसरमा जोड दिनुपर्छ: राष्ट्रपति पौडेल : Icon Khabar

काठमाडौं, चैत ७ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा भएको राजनीतिक परिवर्तनको प्रभाव प्रत्येक नागरिकलाई महसुस गराउन महत्वपूर्ण प्रयास हुनुपर्ने बताए ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज सामाजिक लोकतन्त्र अध्ययन केन्द्र, काठमाडौंका प्रतिनिधिसँगको भेटमा उनले ग्रामीण तथा विपन्न समुदायका लागि न्याय र आयआर्जनका अवसर सुनिश्चित गर्दै काम गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपतिले नेपाली समाज, संघसंस्था र राजनीतिक दललाई थप लोकतन्त्रीकरणका लागि भूमिका खेल्न केन्द्रलाई आग्रह गरेका थिए ।

प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई अभिनन्दन पत्र बुझाउने क्रममा केन्द्रका अध्यक्ष मधु आचार्यले पौडेललाई अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)