ऐतिहासिक सम्पदाको धनी पनौती नगर (फोटो फिचर)

ऐतिहासिक सम्पदाको धनी पनौती नगर (फोटो फिचर) : Icon Khabar

काभ्रे, चैत्र ४ । पनौती नगरपालिका नेपालको बागमती प्रदेशमा पर्ने काभ्रेपलाञ्चोक जिल्लाको एक नगरपालिका हो। यो नेपालको एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थल हो।

काभ्रेपलाञ्चोक जिल्लाका तत्कालिन सुब्बागाउँ, टौखाल, पनौती (इन्द्रेश्वर), मल्पी, सुनबान र खोपासी गाउँ विकास समितिलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर पनौती नगरपालिका घोषणा गरिएको थियो।

नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फाल्गुन २२ मा कुशादेवी, रयाले बिहावर, कलाँती भूमिडाँडा, बल्थली, शारदा बतासे र शंखुपाटीचौर गाउँ विकास समितिहरू यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।

यो नगरपालिका भित्रको प्रारम्भिक मध्यकालीन पुरातात्विक धरोहरहरूको परिसरलाई संयुक्त राष्ट्रको युनेस्कोले सन् १९९६ देखि सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा सूचीकृत गरेको छ।

लिच्छवि कालदेखि नै अस्तित्वमा रहेको यो स्थानको विकास मल्ल कालमा आएर भएको हो।

पनौती नगरपालिकाभित्र रहेका महत्वपूर्ण स्थलहरूमा इन्द्रेश्वर महादेव मन्दिर, भद्रकाली मन्दिर, बह्मायणी मन्दिर, तोलानारायण मन्दिर, उन्मत्त भैरवका मूर्ति तथा मन्दिरको वास्तुकला रहेका छ्न्। यी स्थलहरूले प्राचीन तथा मध्यकालीन युगको उत्कृष्ट शिल्पकारिताको नमुना प्रस्तुत गर्दछ।

Published Date: 18 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर