कुमारी घरद्वारा राष्ट्रपति पौडेललाई बधाई

कुमारी घरद्वारा राष्ट्रपति पौडेललाई बधाई : Icon Khabar

काठमाडौं, चैत ४ । राष्ट्रपतिमा निर्वाचित भएकामा कुमारी घर बसन्तपुरले रामचन्द्र पौडेललाई बधाई दिएको छ । कुमारी घर बसन्तपुरको प्रतिनिधिमण्डलले शितल निवास पुगेर पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा कुमारी घरमा गरिएको पूजाको प्रसाद पनि राष्ट्रपति पौडेललाई प्रदान गरिएको थियो । कुमारी घरमा प्रत्येक महिनाको दशमीमा पूजा गर्ने र सोही पूजाको प्रसाद भोलिपल्ट राष्ट्रप्रमुखलाई अर्पण गर्ने चलन छ ।

सोही परम्पराअनुसार आज कुमारी घरको प्रतिनिधिमण्डलले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई पहिलोपटक प्रसाद अर्पण गरेको थियो ।

Published Date: 18 March 2023


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली