कुमारी घरद्वारा राष्ट्रपति पौडेललाई बधाई

कुमारी घरद्वारा राष्ट्रपति पौडेललाई बधाई : Icon Khabar

काठमाडौं, चैत ४ । राष्ट्रपतिमा निर्वाचित भएकामा कुमारी घर बसन्तपुरले रामचन्द्र पौडेललाई बधाई दिएको छ । कुमारी घर बसन्तपुरको प्रतिनिधिमण्डलले शितल निवास पुगेर पौडेललाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा कुमारी घरमा गरिएको पूजाको प्रसाद पनि राष्ट्रपति पौडेललाई प्रदान गरिएको थियो । कुमारी घरमा प्रत्येक महिनाको दशमीमा पूजा गर्ने र सोही पूजाको प्रसाद भोलिपल्ट राष्ट्रप्रमुखलाई अर्पण गर्ने चलन छ ।

सोही परम्पराअनुसार आज कुमारी घरको प्रतिनिधिमण्डलले शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई पहिलोपटक प्रसाद अर्पण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)