आज बिहान ८ बजे सुरू भएको स्ववियुको निर्वाचन अपरान्ह ४ बजेसम्म हुने

आज बिहान ८ बजे सुरू भएको स्ववियुको निर्वाचन अपरान्ह ४ बजेसम्म हुने : Icon Khabar
भक्तपुरमा अवस्थित भक्तपुर बहुमुखी क्याम्पसमा मतदानको लागि बनेको माहोल

काठमाडौं, चैत ५ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय लगायतका आबद्ध क्याम्पसमा मतदान भइरहेको छ ।

आइतबार बिहान ८ बजेदेखि काठमाडौं उपत्यकासहित देशका अन्य मतदान केन्द्रमा मतदान सुरु भएको हो । १४ वर्षपछि स्ववियुको निर्वाचन हुँदैछ । स्ववियुको निर्वाचनका लागि आज अधिकांश ६० निर्वाचन क्षेत्र र एक हजार ४० सम्बद्ध क्याम्पसमा मतदान हुँदैछ ।

काठमाडौंको रत्नराज्य क्याम्पससहित देशका केही क्याम्पसमा आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । काठमाडौंको त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्व भाषा क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, वाल्मिकी क्याम्पसमा मतदान सुरु भएको छ ।

बिहान ८ बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्नेछ । प्रत्येक दुई वर्षमा स्ववियुको निर्वाचन हुने गरेको भए पनि सन् २००९ यता नियमित हुन सकेको छैन ।यसपटक निर्वाचनका लागि अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको छ । स्ववियुको नेता छनोटका लागि विहानैदेखि क्याम्पस परिसरमा विद्यार्थी लाइनमा बसेका देख्न सकिन्छ । स्ववियु निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन हुने क्याम्पसहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 March 2023
Website | + posts