आज बिहान ८ बजे सुरू भएको स्ववियुको निर्वाचन अपरान्ह ४ बजेसम्म हुने

आज बिहान ८ बजे सुरू भएको स्ववियुको निर्वाचन अपरान्ह ४ बजेसम्म हुने : Icon Khabar
भक्तपुरमा अवस्थित भक्तपुर बहुमुखी क्याम्पसमा मतदानको लागि बनेको माहोल

काठमाडौं, चैत ५ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय लगायतका आबद्ध क्याम्पसमा मतदान भइरहेको छ ।

आइतबार बिहान ८ बजेदेखि काठमाडौं उपत्यकासहित देशका अन्य मतदान केन्द्रमा मतदान सुरु भएको हो । १४ वर्षपछि स्ववियुको निर्वाचन हुँदैछ । स्ववियुको निर्वाचनका लागि आज अधिकांश ६० निर्वाचन क्षेत्र र एक हजार ४० सम्बद्ध क्याम्पसमा मतदान हुँदैछ ।

काठमाडौंको रत्नराज्य क्याम्पससहित देशका केही क्याम्पसमा आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन । काठमाडौंको त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्व भाषा क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, वाल्मिकी क्याम्पसमा मतदान सुरु भएको छ ।

बिहान ८ बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म चल्नेछ । प्रत्येक दुई वर्षमा स्ववियुको निर्वाचन हुने गरेको भए पनि सन् २००९ यता नियमित हुन सकेको छैन ।यसपटक निर्वाचनका लागि अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको छ । स्ववियुको नेता छनोटका लागि विहानैदेखि क्याम्पस परिसरमा विद्यार्थी लाइनमा बसेका देख्न सकिन्छ । स्ववियु निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन हुने क्याम्पसहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Published Date: 19 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय