नागरिक लगानी कोषले देशको पूर्वाधार विकासमा ठूलो लगानी गर्ने

नागरिक लगानी कोषले देशको पूर्वाधार विकासमा ठूलो लगानी गर्ने : Icon Khabar

काठमाडौं, चैत ४ । नागरिक लगानी कोषले देशको पूर्वाधार विकासमा ठूलो लगानी गर्ने बताएको छ ।

कोषको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कोषको बोर्डका अध्यक्ष सूर्यबहादुर थापाले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिने बताए । यो पहलले देशको आर्थिक वृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

कोषका कार्यकारी निर्देशक रमन नेपालले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकताका आयोजनालाई सुरक्षा र उच्च दरमा लगानी गर्ने गरी भविष्यमा गरिने लगानीको प्रतिफललाई ध्यानमा राखिने बताए । उनका अनुसार कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई खर्ब ६ अर्ब १९ करोड रुपैयाँ खुद निक्षेप संकलन गरेको छ ।

हालसम्म, कोषले आफ्ना १२ कार्यक्रमहरूमा ८००,००० भन्दा बढी कर्मचारीहरूलाई समावेश गरेको छ। यसको चुक्ता पुँजी ४ अर्ब २५ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 March 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट