नागरिक लगानी कोषले देशको पूर्वाधार विकासमा ठूलो लगानी गर्ने

नागरिक लगानी कोषले देशको पूर्वाधार विकासमा ठूलो लगानी गर्ने : Icon Khabar

काठमाडौं, चैत ४ । नागरिक लगानी कोषले देशको पूर्वाधार विकासमा ठूलो लगानी गर्ने बताएको छ ।

कोषको ३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कोषको बोर्डका अध्यक्ष सूर्यबहादुर थापाले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिने बताए । यो पहलले देशको आर्थिक वृद्धिमा टेवा पुग्ने उनको भनाइ छ ।

कोषका कार्यकारी निर्देशक रमन नेपालले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकताका आयोजनालाई सुरक्षा र उच्च दरमा लगानी गर्ने गरी भविष्यमा गरिने लगानीको प्रतिफललाई ध्यानमा राखिने बताए । उनका अनुसार कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई खर्ब ६ अर्ब १९ करोड रुपैयाँ खुद निक्षेप संकलन गरेको छ ।

हालसम्म, कोषले आफ्ना १२ कार्यक्रमहरूमा ८००,००० भन्दा बढी कर्मचारीहरूलाई समावेश गरेको छ। यसको चुक्ता पुँजी ४ अर्ब २५ करोड रहेको छ ।

Published Date: 18 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर