प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट ह्याक भएको विषयमा छानबिन गर्न प्रहरीलाई औपचारिक अनुरोध

प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट ह्याक भएको विषयमा छानबिन गर्न प्रहरीलाई औपचारिक अनुरोध : Icon Khabar

काठमाडौं, चैत ३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्ट ह्याक भएको विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई औपचारिक अनुरोध गरेको छ ।

प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै कार्यालयले शुक्रबार यस सम्बन्धमा पत्र लेखेको हो । पत्रमा घटना कसरी घट्यो र भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि अपनाउनु पर्ने सावधानी र उपायबारे विस्तृत अध्ययन प्रतिवेदन नेपाल प्रहरी प्रधान कार्यालयलाई बुझाउन भनिएको छ ।

कार्यालयका अनुसार बिहीबार प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित ट्विटर एकाउन्ट ह्याक गरी ह्याण्डल मार्फत “अनधिकृत” सामग्री पोस्ट गरिएको थियो। कार्यालयका अधिकारीहरूले ह्याक भएको ट्वीटर खाता बिहीबार पुनः सञ्चालनमा ल्याइएको बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले टु फ्याक्टर अथेन्टिकेशन र सुरक्षाका अन्य उपाय अपनाए पनि अनाधिकृत प्रवेशको विषयमा विस्तृत अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू