राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिने

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिने : Icon Khabar

काठमाडौं, चैत ३ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग दुईमा तेस्रो हुँदै विश्वकप क्रिकेटको ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिने भएका छन्।

त्यसका लागि आज दिउँसो ३ः३० बजे राष्ट्रपति निवास शितल निवासमा कार्यक्रमको आयोजना गरिएको छ ।
बिहीबार घरेलु मैदानमा युएईलाई ९ रनले पराजित गर्दै नेपालले क्रिकेट विश्वकप लिग दुईमा तेस्रो स्थान हासिल गर्दै विश्वकप छनोटमा आफ्नो स्थान पक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts