नेप्सेको कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्ताहरु पक्राउ

नेप्सेको कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्ताहरु पक्राउ : Icon Khabar

काठमाडौं, चैत ३ । काठमाडौं, भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले पुँजी बजार सुधारका लागि तयार पारेको सिफारिस प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै आज बिहान लगानीकर्ताले नेप्से कार्यालय घेराबन्दी गरेका हुन् ।

निषेधित क्षेत्रमा धर्ना दिएपछि तीन जनालाई नियन्त्रणमा लिएर अनामनगर प्रहरी वृत्तमा लगिएको प्रहरी वृत्त अनामनगरका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले बताए । लगानीकर्ता तिलक कोइराला, नयन बाँस्तोला र अर्जुन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published Date: 17 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु