नेप्सेको कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्ताहरु पक्राउ

नेप्सेको कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्ताहरु पक्राउ : Icon Khabar

काठमाडौं, चैत ३ । काठमाडौं, भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले पुँजी बजार सुधारका लागि तयार पारेको सिफारिस प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै आज बिहान लगानीकर्ताले नेप्से कार्यालय घेराबन्दी गरेका हुन् ।

निषेधित क्षेत्रमा धर्ना दिएपछि तीन जनालाई नियन्त्रणमा लिएर अनामनगर प्रहरी वृत्तमा लगिएको प्रहरी वृत्त अनामनगरका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले बताए । लगानीकर्ता तिलक कोइराला, नयन बाँस्तोला र अर्जुन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts