प्रधानमन्त्री दाहालद्वारा कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन

प्रधानमन्त्री दाहालद्वारा कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन : Icon Khabar

काठमाडौं, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

शुक्रबार सरकारी निवास बालुवाटारमा विजयी टोलीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले सरकारले सुविधायुक्त क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिन पहल गरिरहेको बताए । सरकारले विश्वकप क्रिकेट छनोटमा छनोट भएका सबै खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

उनले भने, “तपाईंले खेल्नुभएको यो खेलमा तपाईंहरू सबै धन्यवादका हकदार हुनुहुन्छ। सबै विजेता खेलाडीलाई सरकारले तीन लाख रुपैयाँ दिने घोषणा गरेको छु । हिजो कीर्तिपुर गएर राष्ट्रिय खेलकुद परिषद्लाई फ्लड लाइट र स्कोरबोर्ड बदल्न तत्काल काम गर्न निर्देशन दिएको छु । त्यसका लागि आवश्यक स्रोतसाधनको व्यवस्था सरकारले गर्नेछ ।”

‘सरकारले सुविधासहितको क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिन पहल गरिरहेको छ । देशका विभिन्न भागमा र विशेषगरी चितवनमा देखिएका समस्या हेरेर अगाडि बढिरहेका छौं ।”

प्रधानमन्त्री दाहालले चितवनमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको समस्या समाधान गरी सरकारले काम तीव्र गतिमा अघि बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने