प्रधानमन्त्री दाहालद्वारा कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन

प्रधानमन्त्री दाहालद्वारा कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन : Icon Khabar

काठमाडौं, चैत ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।

शुक्रबार सरकारी निवास बालुवाटारमा विजयी टोलीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले सरकारले सुविधायुक्त क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिन पहल गरिरहेको बताए । सरकारले विश्वकप क्रिकेट छनोटमा छनोट भएका सबै खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

उनले भने, “तपाईंले खेल्नुभएको यो खेलमा तपाईंहरू सबै धन्यवादका हकदार हुनुहुन्छ। सबै विजेता खेलाडीलाई सरकारले तीन लाख रुपैयाँ दिने घोषणा गरेको छु । हिजो कीर्तिपुर गएर राष्ट्रिय खेलकुद परिषद्लाई फ्लड लाइट र स्कोरबोर्ड बदल्न तत्काल काम गर्न निर्देशन दिएको छु । त्यसका लागि आवश्यक स्रोतसाधनको व्यवस्था सरकारले गर्नेछ ।”

‘सरकारले सुविधासहितको क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिन पहल गरिरहेको छ । देशका विभिन्न भागमा र विशेषगरी चितवनमा देखिएका समस्या हेरेर अगाडि बढिरहेका छौं ।”

प्रधानमन्त्री दाहालले चितवनमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको समस्या समाधान गरी सरकारले काम तीव्र गतिमा अघि बढाएको बताए ।

Published Date: 17 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु