भक्तपुरको ख्वप मा.विमा छोटो भिडियो मेकिङ्ग प्रतियोगिता सम्पन्न

भक्तपुरको ख्वप मा.विमा छोटो भिडियो मेकिङ्ग प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, चैत ३ । ख्वप माध्यमिक विद्यालय, मानविकी विभागको आयोजनामा शुक्रबार “छोटो भिडियो मेकिङ्ग प्रतियोगिता २०७९” सम्पन्न भएको छ ।

कार्यक्रममा ख्वप मा.वि.का सह प्रधानाध्यापक विष्णु प्रसाद किसीले मानवलाई मानवता सँग मानविकीले जोड्ने कुरा बताउदै मानविकी अन्तर्गतका विषयहरूका बारेमा चर्चा गरेका थिए।

त्यसैगरी विद्यालयका मानविकी विभाग प्रमुख राजु लासिवाले विद्यार्थीहरूको शिप र शिक्षालाई प्रविधिसँग जोडेर शिक्षालाई सहज बनाउन उक्त प्रतियोगिताको मुख्य लक्ष्य रहेको बताए। कार्यक्रममा बिषय शिक्षक कृष्ण किसीले पनि आफ्नो कुरा राखेका थिए।

मानविकी संकाय राजनीति शास्त्र विषय अन्तर्गत लैङ्गिक सम्मन्ता, सामाजिक न्याय, संविधान, महिला सशक्तीकण लगायतका विभिन्न विषयमा मानविकी संकाय कक्षा १२ मा अध्यनरत २४ जना विद्यार्थीहरू प्रतियोगीतामा सहभागी भएका थिए । जसमध्य गंगा शाक्य, सारु लामा, सरोज शिल्पकार, मिलान भुजेल र सुष्मिता तामाङको भिडियो उत्कृष्ट हुन सफल भएको थियो।

स्नातक तहमा अध्यनरत उज्ज्वल ह्योंगोजु, रितिका दुवाल, विश्वास ग्वाछा लगायतका विद्यार्थीहरुले पनि आफ्ना कुराहरु व्यक्त गरेका थिए । कार्यक्रममा रुबी केसीले आफ्नो मन्तव्य मार्फत स्वागत गरेकी थिईन्।

Published Date: 17 March 2023