विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा

विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा : Icon Khabar

काठमाडौं, चैत ३ ।  नेपाल सरकारले सोझै विश्वकप छनोटमा पुर्याउने नेपाली क्रिकेट खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमार्फत क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने घोषणा गरेका छन् ।

विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख पुरस्कारको घोषणा गर्दछु, प्रचण्डले समाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।

आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित हात पारेसँगै सोझै विश्वकप छनोटमा पुगेको छ । ब्याड लाइट (खराब) प्रकाशका कारण खेल पुरा हुन नसकेपछि नेपाल डिएल मेथर्डमा विजयी भएको हो। उक्त खेल हेर्न प्रचण्ड पनि टियु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित