बेलायतले नेपालको पूर्वाधार विकासका लागि ९ करोड पाउण्ड अनुदान दिने

बेलायतले नेपालको पूर्वाधार विकासका लागि ९ करोड पाउण्ड अनुदान दिने : Icon Khabar

काठमाडौं, चैत ३ । अर्थ मन्त्रालय र काठमाडौंस्थित बेलायती दूतावासबीच स्थानीय पूर्वाधार सहयोग कार्यक्रम मार्फत बेलायत–नेपाल सहकार्यका लागि बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव तोयाम राय र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आ–आफ्नो देशका तर्फबाट सम्झौतामा हस्ताक्षर गरे ।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम नेपाल सरकार र बेलायती दूतावास काठमाडौको बीचमा संयुक्त रुपमा डिजाइन गरिएको हो । यसको फलस्वरूप १७ लाख नेपाली नागरिकले प्रत्यक्ष रूपमा थप दिगो र समावेशी पूर्वाधार सेवा प्राप्त गर्नेछन् ।

यस कार्यका लागि बेलायतले ९० मिलियन पाउण्ड (१४ अर्ब ४० करोड रुपैयाँ) सहयोग उपलब्ध गराउने अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महत्त्वपूर्ण रूपमा, कार्यक्रमले आगामी छ वर्षहरूमा २ अर्ब पाउण्ड (रु. ३२० अर्ब) भन्दा बढीको स्थानीय पूर्वाधारमा व्यापक लगानीको वितरण र दिगोपन सुधार गर्न नेपाल सरकारलाई सहयोग गर्नेछ।

Published Date: 17 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु