बेलायतले नेपालको पूर्वाधार विकासका लागि ९ करोड पाउण्ड अनुदान दिने

बेलायतले नेपालको पूर्वाधार विकासका लागि ९ करोड पाउण्ड अनुदान दिने : Icon Khabar

काठमाडौं, चैत ३ । अर्थ मन्त्रालय र काठमाडौंस्थित बेलायती दूतावासबीच स्थानीय पूर्वाधार सहयोग कार्यक्रम मार्फत बेलायत–नेपाल सहकार्यका लागि बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव तोयाम राय र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आ–आफ्नो देशका तर्फबाट सम्झौतामा हस्ताक्षर गरे ।

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम नेपाल सरकार र बेलायती दूतावास काठमाडौको बीचमा संयुक्त रुपमा डिजाइन गरिएको हो । यसको फलस्वरूप १७ लाख नेपाली नागरिकले प्रत्यक्ष रूपमा थप दिगो र समावेशी पूर्वाधार सेवा प्राप्त गर्नेछन् ।

यस कार्यका लागि बेलायतले ९० मिलियन पाउण्ड (१४ अर्ब ४० करोड रुपैयाँ) सहयोग उपलब्ध गराउने अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महत्त्वपूर्ण रूपमा, कार्यक्रमले आगामी छ वर्षहरूमा २ अर्ब पाउण्ड (रु. ३२० अर्ब) भन्दा बढीको स्थानीय पूर्वाधारमा व्यापक लगानीको वितरण र दिगोपन सुधार गर्न नेपाल सरकारलाई सहयोग गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन