नयाँ उपराष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरु

नयाँ उपराष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरु : Icon Khabar

काठमाडौं, चैत ३ । नयाँ उपराष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

संघीय संसदका उपराष्ट्रपतिका उम्मेदवार रामसहायाप्रसाद यादव र प्रदेशसभाका राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका छन् । संघीय संसद र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।

उपराष्ट्रपतिमा नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा), जनता पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहायाप्रसाद यादव उम्मेदवार छन् । निर्वाचनमा संघीय संसदका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० मतदाता छन् ।

बिहान ९ बजेदेखि नै मतदाताहरु मतदान केन्द्रमा लाइन लागेका छन् भने उम्मेदवारहरु मतदान केन्द्रमा पुगिसकेका छन् ।

मतदान सकिए लगत्तै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Published Date: 17 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु