नयाँ उपराष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरु

नयाँ उपराष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरु : Icon Khabar

काठमाडौं, चैत ३ । नयाँ उपराष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको छ । बिहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

संघीय संसदका उपराष्ट्रपतिका उम्मेदवार रामसहायाप्रसाद यादव र प्रदेशसभाका राजेन्द्रसिंह रावलले पहिलो मतदान गरेका छन् । संघीय संसद र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ ।

उपराष्ट्रपतिमा नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा), जनता पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहायाप्रसाद यादव उम्मेदवार छन् । निर्वाचनमा संघीय संसदका ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० मतदाता छन् ।

बिहान ९ बजेदेखि नै मतदाताहरु मतदान केन्द्रमा लाइन लागेका छन् भने उम्मेदवारहरु मतदान केन्द्रमा पुगिसकेका छन् ।

मतदान सकिए लगत्तै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts




ताजा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने
मंगलबार सुनको भाउ २ लाख ५० हजार नजिक पुग्यो
अनलाइन वित्तीय ठगीबाट बच्न सबैलाई राष्ट्र बैंकको आग्रह
मंगलबार का लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित