सुस्मितालाई टेबलटेनिसमा स्वर्ण

सुस्मितालाई टेबलटेनिसमा स्वर्ण : Icon Khabar

काठमाडौं, फागुन २६ । प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले त्रिचन्द्रकी मन्जु सुवाललाई ११–९, ९–११, ७–११, ११–७ र १३–११ को सेटमा पराजित गरिन् । प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अन्जु सुवाल तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको कलजेतर्फ नै पुरुष टिम इभेन्टमा लिभरपुलले गोल्डेनगेटलाई ३–१ ले फाइनलमा हराउदै पहिलो भयो । कोशी बहुमुखी क्याम्पस र धरान मेगा कलेज तेश्रो बने । सोही स्पर्धाको महिलामा प्राइम ग्लोबलले ख्वपलाई ३–० ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरे । अक्सब्रिज इन्टरनेसनल कलेज र ह्वाइटफिल्ड तेश्रो बने ।

बहिरातर्फ पुरुष सिंगल्समा दिनेश महर्जनले प्रज्ज्वल बस्नेतलाई १०–१२, ३–११, ११–८, ११–९ र १२–१० ले पन्छ्याउदै पहिलो भए । उक्त स्पर्धाको महिलामा सारदा भुषाल पहिलो भइन् । सारदाले फाइनलमा सुलोचना खरेलमाथि ११–५, ११–३ र ११–२ को जित दर्ता गरिन् ।दिन थालेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts