सुस्मितालाई टेबलटेनिसमा स्वर्ण

सुस्मितालाई टेबलटेनिसमा स्वर्ण : Icon Khabar

काठमाडौं, फागुन २६ । प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले त्रिचन्द्रकी मन्जु सुवाललाई ११–९, ९–११, ७–११, ११–७ र १३–११ को सेटमा पराजित गरिन् । प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अन्जु सुवाल तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको कलजेतर्फ नै पुरुष टिम इभेन्टमा लिभरपुलले गोल्डेनगेटलाई ३–१ ले फाइनलमा हराउदै पहिलो भयो । कोशी बहुमुखी क्याम्पस र धरान मेगा कलेज तेश्रो बने । सोही स्पर्धाको महिलामा प्राइम ग्लोबलले ख्वपलाई ३–० ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरे । अक्सब्रिज इन्टरनेसनल कलेज र ह्वाइटफिल्ड तेश्रो बने ।

बहिरातर्फ पुरुष सिंगल्समा दिनेश महर्जनले प्रज्ज्वल बस्नेतलाई १०–१२, ३–११, ११–८, ११–९ र १२–१० ले पन्छ्याउदै पहिलो भए । उक्त स्पर्धाको महिलामा सारदा भुषाल पहिलो भइन् । सारदाले फाइनलमा सुलोचना खरेलमाथि ११–५, ११–३ र ११–२ को जित दर्ता गरिन् ।दिन थालेको बोर्डले जनाएको छ ।

Published Date: 10 March 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा