सेबोनले सेयर ब्रोकरका २० वटा शाखा खोल्न अनुमति

सेबोनले सेयर ब्रोकरका २० वटा शाखा खोल्न अनुमति : Icon Khabar

काठमाडौं, फागुन २६ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार सहज बनाउन धितोपत्र बोर्डले ब्रोकरका २० वटा शाखा एकैपटक खोल्न अनुमति दिएको छ ।

‘धितोपत्र ब्रोकरद्वारा शाखा खोल्ने निर्देशिका, २०७९’ अनुसार ११ दलाल कम्पनीलाई विभिन्न जिल्लामा शाखा विस्तार गर्न अनुमति दिइएको छ । निर्देशिका जारी भएपछि कम्पनीहरूले शाखा खोल्न अनुमति मागेका थिए ।

सेबोनका अनुसार एक कम्पनीले बढीमा ६ वटा शाखा खोल्न पाउने व्यवस्था छ । भृकुटी स्टक ब्रोकिङ कम्पनीले बढीमा ६ स्थानमा शाखा खोल्ने अनुमति पाएको छ । पर्साको वीरगन्ज, काभ्रेको धुलिखेल, सुर्खेतको वीरेन्द्रनगर, महोत्तरीको बर्दिबास, म्याग्दीको बेनी र दोलखाको चरिकोटमा शाखा खोल्ने अनुमति पाएको छ ।

त्यस्तै, भिजन सेक्युरिटीज प्रालिले कपिलवस्तुको चन्द्रौटा, इलामको इलाम बजार र कैलालीको टीकापुरमा शाखा खोल्ने अनुमति पाएको छ । त्यसैगरी, निभ सेक्युरिटीज प्रालिले सर्लाहीको हरिवान र कैलालीको अत्तरियामा तथा सुन्धारा सेक्युरिटीज प्रालिले बाराको सिम्रा र चितवनको पर्सामा शाखा खोल्ने अनुमति पाएको छ ।

बोर्डले इम्पेरियल सेक्युरिटीजलाई धादिङको धादिङ बेसी, तनहुँको दमौलीमा थ्राइभ ब्रोकर, पाल्पाको तानसेनमा क्रिएटिभ सेक्युरिटीज, सिरहाको मिर्चैयामा आशुतोष सेक्युरिटीज, महोत्तरीको बर्दिवासमा कालिका सेक्युरिटीज, महेन्द्रनगरमा त्रिशक्ति सेक्युरिटीजलाई शाखा खोल्न अनुमति दिएको छ । कञ्चनपुर, गोरखाको गोरखा बजारमा रहेको मिडास स्टक ।

यसअघि बोर्डले न्यूनतम चुक्ता पुँजीमा १ करोड ५० लाख रुपैयाँ थपेर शाखा खोल्न सकिने निर्देशिकामा उल्लेख गरेको थियो । विगतमा ब्रोकरको शाखा खोल्न निकै समय लाग्ने गरेको थियो ।

ब्रोकर कम्पनीले दिएको निवेदनका आधारमा १५ दिनभित्र शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिन थालेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts