राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको विवरण पेश

राष्ट्रपतिसमक्ष राष्ट्रपति निर्वाचनको विवरण पेश : Icon Khabar

काठमाडौं, फागुन २६ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ।

बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएको ब्यहोराको प्रतिवेदन निर्वाचन आयोगका प्रमुख व आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति भण्डारीसमक्ष पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

शुक्रबार राष्ट्रपति भवन शितल निवास पुगेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले राष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाएको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts