कबड्डी टोली बंगलादेश जाने

कबड्डी टोली बंगलादेश जाने : Icon Khabar

काठमाडौं, फागुन २६ । तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीहरुमा लालमोहर यादव, नागेश्वर थारु, प्रवीण खड्का, कुमार लामा, बन्धु राना, रामु टमाटा, घनश्याम रोक्का मगर, विनोद तामाङ, सविन बोहजु, सागर चौधरी, पशुपति शाह र सरमन प्रजापति रहेका छन् । प्रशिक्षकमा प्रकाशप्रसाद साह, व्यवस्थापकमा अरविन्दकुमार झा र निर्णायकमा तरुणकुमार यादव रहेका छन् ।

मार्च ११ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहने कबड्डी संघका महासचिव विनोद प्रजापतिले जनाएका छन् । महासचिव प्रजापतिका अनुसार नेपालसहित श्रीलंका, बंगलादेश, थाइल्यान्ड, मलेसिया, इराक, इन्डोनेसिया, चाइनिज ताइपेइ, अर्जेन्टिना, केन्या, पोल्यान्ड र बेलायत सहभागी हुने छन् ।

दोश्रो जुनियर विश्व कबड्डीको ट्रफी सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरिदै ।

सोही अवसरमा इरानमा मार्च ५ तारिखमा सम्पन्न भएको दोश्रो जुनियर विश्व कबड्डी च्याम्पियनसिपमा कांस्य जित्न सफल पुरुष टोलीलाई सदस्य–सचिव घिसिङले बधाइ दिएका थिए । अध्यक्ष थापाले सदस्य–सचिव घिसिङलाई ट्रफी पनि हस्तान्तरण गरेकी थिइन् । उक्त प्रतियोगिताका दौरान भएको एसिायली कबड्डी महासंघको साधारण सभाबाट महासचिव प्रजापति ४ वर्षका लागि उपाध्यक्षमा निर्वाचित भएको जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2023
Website | + posts




ताजा
अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित