कबड्डी टोली बंगलादेश जाने

कबड्डी टोली बंगलादेश जाने : Icon Khabar

काठमाडौं, फागुन २६ । तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

खेलाडीहरुमा लालमोहर यादव, नागेश्वर थारु, प्रवीण खड्का, कुमार लामा, बन्धु राना, रामु टमाटा, घनश्याम रोक्का मगर, विनोद तामाङ, सविन बोहजु, सागर चौधरी, पशुपति शाह र सरमन प्रजापति रहेका छन् । प्रशिक्षकमा प्रकाशप्रसाद साह, व्यवस्थापकमा अरविन्दकुमार झा र निर्णायकमा तरुणकुमार यादव रहेका छन् ।

मार्च ११ देखि २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहने कबड्डी संघका महासचिव विनोद प्रजापतिले जनाएका छन् । महासचिव प्रजापतिका अनुसार नेपालसहित श्रीलंका, बंगलादेश, थाइल्यान्ड, मलेसिया, इराक, इन्डोनेसिया, चाइनिज ताइपेइ, अर्जेन्टिना, केन्या, पोल्यान्ड र बेलायत सहभागी हुने छन् ।

दोश्रो जुनियर विश्व कबड्डीको ट्रफी सदस्य–सचिव टंकलाल घिसिङलाई हस्तान्तरण गरिदै ।

सोही अवसरमा इरानमा मार्च ५ तारिखमा सम्पन्न भएको दोश्रो जुनियर विश्व कबड्डी च्याम्पियनसिपमा कांस्य जित्न सफल पुरुष टोलीलाई सदस्य–सचिव घिसिङले बधाइ दिएका थिए । अध्यक्ष थापाले सदस्य–सचिव घिसिङलाई ट्रफी पनि हस्तान्तरण गरेकी थिइन् । उक्त प्रतियोगिताका दौरान भएको एसिायली कबड्डी महासंघको साधारण सभाबाट महासचिव प्रजापति ४ वर्षका लागि उपाध्यक्षमा निर्वाचित भएको जानकारी गराइएको थियो ।

Published Date: 10 March 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता