माइग्रेनको समस्या भएकाले खानै नहुने चीजहरु

माइग्रेनको समस्या भएकाले खानै नहुने चीजहरु : Icon Khabar

काठमाडौँ, फागुन २६ । तपाई टाउको दुख्ने समस्याबाट पीडित हुनुहुन्छ रु सामान्य खालको दुखाइ हो भनेर तपाईले वेवास्ता गरिरहनु भएको छ भने त्यो गम्भीर गल्ती पनि हुनसक्छ । टाउको दुख्ने रोगहरूमध्ये एउटाको नाम माइग्रेन हो ।

यसको खास लक्षण भनेकै सहन नसक्ने गरी टाउको दुख्नु हो । टाउको दुख्दा वाकवाकी हुने तथा बान्तासमेत हुन्छ । विज्ञहरूका अनुसार यो वंशाणुगत रोग हो । माइग्रेन पुरुषमा भन्दा महिलामा चार गुणा बढी हुने देखिएको छ ।

माइग्रेन पूर्ण रूपमा निको पार्न नसकिए पनि खानपिन तथा दैनिक व्यवहारमा परिवर्तन गरेर कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ । कतिपय खानपिन व्यक्तिपिच्छे फरक हुने गर्छ । तर धेरैजसो कुरा समान हुन्छन् ।

माइग्रेन भएको व्यक्तिले खान नहुने चिज: दहीबाट बनेका परिकारहरू खान हुँदैन । जस्तै चिज र पनिर खाँदा टाउको दुख्ने हुन्छ । रक्सीको सेवन गर्न हुँदैन, विशेषगरी बियर र रेड वाइन सेवन गर्न नहुने विज्ञहरूले बताएका छन् ।

चकलेटले पनि माइग्रेनमा नकारात्मक असर गर्छ । विशेषगरी कालो चकलेटले टाउको दुख्ने गर्दछ । गुन्द्रुक वा खाँदेको अचार खाँदा पनि टाउको दुख्न सक्ने विज्ञहरूको भनाई रहेको छ ।

त्यस्तै अजिनामोटो, कफी लगायतका खानेकुराले पनि टाउको दुखाउन सक्ने भएकाले यस्ता खानेकुरा नखान विज्ञहरूको सल्लाह रहेको छ ।यसैगरी अण्डा, गोलभेडा, प्याज, गहुँको पिठोबाट बनेका परिकार जस्ता खानेकुराले पनि माइग्रेनमा असर गर्ने विज्ञहरूले बताएका छन् ।

तर व्यक्तिपिच्छे फरक हुन सक्ने भएकाले कुन खानेकुराले कस्तो असर गरिरहेको छ त्यसलाई ख्याल गरेमा माइग्रेन कम गर्न सकिने विज्ञहरूको भनाई रहेको छ ।यसबाहेक तनाव नलिने, मौसम परिवर्तन हुँदा ख्याल गर्ने, चिकित्सकको सिफारिसमा औषधी सेवन गर्ने जस्ता कार्यले माइग्रेनलाई कम गर्न सकिन्छ ।

Published Date: 10 March 2023






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न