बेडरूममा आफ्नो श्रीमानको व्यवहारले हैरान छिन् प्रियंका चोपडा

बेडरूममा आफ्नो श्रीमानको व्यवहारले हैरान छिन् प्रियंका चोपडा : Icon Khabar

मुम्बई, फागुन २६ । बलिउड अभिनेत्री प्रियंका चोपडा तथा उनका श्रीमान् निक जोनसको उमेरमा १० वर्षको अन्तर भएता पनि दुवैको सम्बन्ध अत्यन्त बलियो र गहिरो छ ।

यी दुई सन् २०१८ मा विवाह बन्धनमा बाँधिएका हुन् । यी दुबैलाई पहिलो पटक मेट गाला इभेन्टमा संगै देखिएको थियो । प्रियंका र निक सन् २०२२ मा सरोगेसीमार्फत एउटी छोरी मालतीका अभिभावक बनेका छन् ।

प्रियंका चोपडा आफ्नो नीजि जीवनका बारेमा खुलेर कुरा गर्न मन पराउँछिन् । एउटा अन्तर्वार्ताका क्रममा उनले आफ्ना श्रीमान् निकको बारेमा धेरै कुरा बताएकी छिन् ।

बेडरुममा निकका केहि व्यवहारका कारण आफू चिन्तित भएको कुरा प्रियंकाले बताएकी छिन् ।

प्रियंकाका अनुसार निक बिहान उठ्नासाथ प्रियंकाको अनुहार हेर्न मन पराउँछन् । उनी लामो समयसम्म प्रियंकालाई हेरिरहन्छन् ।
आफूले निकलाई धेरै पटक पहिला मलाई तयार हुन दिनुभन्दा आफ्नो कुरा पटक्कै नमान्ने र तिमिलाई हेरिरहन देउ भन्ने जवाफ दिने गरेको प्रियंकाले अन्तर्वार्ताको क्रममा बताएकी छिन् ।

हरेक श्रीमती आफ्नो श्रीमानले यस्तै केहि गरोस् भन्ने चाहन्छिन्, तर कहिलेकाहिँ यी सबै कुरा अनौठो भैदिन्छ । निकको यस्तो व्यवहारले उनीप्रति माया उत्पन्न भएता पनि माया संग–संगै रिस पनि उठ्ने प्रियंका बताउँछिन् ।

प्रियंका र निक एक–अर्कासंग एक हप्ताभन्दा धेरै टाढा रहन सक्दैनन् । यहि कारणले दुबैले संसारको जुन कुनामा भएता पनि हरेक हप्ता भेट्नु पर्ने नियम बनाएका छन् ।

Published Date: 10 March 2023


ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
देशबासीका नाममा प्रधानमन्त्री बालेन शाहले गरेको सम्बोधन यस्तो छ
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु